१९ साउन । प्रहरी महानिरीक्षक नियुक्तिको बिषयमा नेपाल प्रहरीका नायब महानिरीक्षक नवराज सिलवालले दायर गरेको रिटमाथिको सुनुवाइ आज नसकिएपछि सर्वोच्च अदालतमा हेर्दाहेर्दैमा रहेको छ । प्रधानन्यायाधीश गोपाल पराजुली, न्यायाधीश ओमप्रकाश मिश्र, केदारप्रसाद चालिसे, शारदाप्रसाद घिमिरे, मीरा खड्का, प्रकाशमानसिंह राउत र पुरुषोत्तम भण्डारीको पूर्ण इजलासमा सुनुवाइ हुँदाहुँदै नसकिएपछि अर्को सुनुवाइ यही साउन २६ गतेका लागि तोकिएको छ । निवेदक सिलवालका तर्फबाट वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्की, हरिहर दाहाल, बाबुराम कुँवर, अधिवक्ता टीकाराम भट्टराई, हरि फुयाँल र ओमप्रकाश अर्यालले बहस गर्नुभएको थियो भने सरकारको तर्फबाट महान्यायाधिवक्ता रमणकुमार श्रेष्ठ, नायव महान्याधिवक्ता दुर्गाबन्दु पोखरेल, किरण पौडेल, सहन्यायाधिवक्ता संजीवराज रेग्मी, लोकराज पराजुली र रेवतीराज त्रिपाठीले बहस गर्नुभएको थियो । इजलासमा नै प्रहरी महानिरीक्षक प्रकाश अर्याल र प्रहरी नायब महानिरीक्षक जयबहादुर चन्दको चार वर्षको कार्यसम्पादन र मूल्यांकनको विधिविज्ञान जाँच गर्दाको प्रमाण पनि प्रस्तुत गरिएको थियो । यसअघि सिलवालको मुद्दा असार २२ गतेबाट आजका लागि तोकिएको थियो । प्रहरी नायब महानिरीक्षक जयबहादुर चन्दलाई प्रहरी महानिरीक्षकमा बढुवा गर्ने सरकारको निर्णयविरुद्ध सिलवालले गत चैत ३० गते रिट निवेदन दिनुभएको थियो । अदालतको उक्त निर्णयलाई कार्यान्वयन नगर्न अदालतले अन्तरिम आदेश दिएको थियो । सो आदेशपछि सरकारले प्रहरी नायब महानिरीक्षक प्रकाश अर्याललाई प्रहरी महानिरीक्षक बनाउने निर्णय गरेको थियो । सिलवालले वरियता क्रममा आफू एक नम्बरमा रहेको र चार वर्षको कार्य सम्पादन एंव मूल्यांकनका आधारमा आफू अर्यालभन्दा अगाडि रहेको जिकिर गर्दै पुनःअदालतमा निवेदन दिनुभएको थियो । त्यसमा अदालतले सरकारका नाममा कारण देखाऊ आदेश जारी गरेको थियो ।
प्रदेश नं १ को राजधानी : सुनसरीको तरहरा ?पूर्वाञ्चलको उदीयमान शहर इटहरी उपमहानगरपालिकाको कार्यालय परिसरमा पुग्दा लगभग साँझ पर्न लागेको थियो ।नगरपालिकाको दोस्रो तलामा अवस्थित सभाकक्षमा हामीले …Read More
अन्ततः भारतीले गरिन् इन्गेज्मेन्टचर्चित कमेडियन भारती र उनका ब्वायफ्रेन्डले इन्गेज्मेन्ट गरेका छन् । यो खुशीको खबर भारतीले इन्स्टाग्राममा तश्वीर शेयर गरेकी दिएकी हुन् । भारतीले इन्स्ट…Read More