असार २, २०७३ सामग्री कुखुराको मासु : आधा केजी पेस्ट : २ चम्चा अदुवा र लसुन : अलिकति टिम्मुर : ४–५ दाना पिसेको चिकेन मसला : आधा चम्चा प्याज : एउटा हरियो खुर्सानी : ५–६ वटा धनियाँ : सजाउन नुन : स्वादअनुसार बेसार : आधा चम्चा विधि कुखुराको मासुलाई उसिनेर हड्डी निकाली एउटै आकारमा लाम्चो आकारमा काट्ने । त्यसमा अदुवा–लसुनको पेस्ट, टिम्मुर, चिकेन मसला एवं खुर्सानी हालेर मोल्ने । कागतीको रस, हरियो खुर्सानी एवं धनियाँ छर्किएपछि साँधेको चिकेन तयार हुन्छ । यो चिकेनलाई पुलाउमा हाल्ने । टमाटर उसिनेर पेस्ट बनाई गेडागुडी पकाएर त्यही पुलाउमा मिसाउने अनि खाने बेला दही मिसाउँदा अझ मीठो हुन्छ । पाइने स्थान: सिद्धार्थ कटेज, धोबीघाट