१३ भदौ, काठमाडौं । चीन सीमावर्ती दोक्लामबाट भारतीय सेना फिर्ता गर्ने निर्णयको भुटानले स्वागत गरेको छ । केहीबेर अगाडि भुटानी विदेश मन्त्रालयले विज्ञप्ति जारी गर्दै दोक्लाम विवादमा भएको नयाँ विकास क्रमको स्वागत गरेको हो चीनले सीमा क्षेत्रमा सडक निर्माण थालेपछि भुटानमा रहेको भारतीय सैनिक टोली चिनियाँ भूभागमा प्रवेश गरेको थियो । उक्त भारतीय कदमप्रति गम्भीर आपत्ति जनाउँदै चीनले त्यस क्षेत्रमा सैनिक तैनाथी बढाएको थियो ।
भारतीय विदेश मन्त्रालयले सोमबार बिहान विज्ञप्ति जारी गर्दै आफ्ना सेना फिर्ता भएको बताएको थियो । लगत्तै चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ता हुआ चुनयिङले भारतीय सेना पछाडि हटेको पुष्टी गरेकी थिइन् । ‘दोक्लाम इलाकामा रहेको दुईतर्फी तैनाथीबाट मुक्त हुने कदमको भुटान स्वागत गर्छ,’ भुटानी विदेश मन्त्रालयको विज्ञप्तिमा भनिएको छ, ‘हामीलाई आशा छ, भुटान, चीन र भारतको सीमामा शान्ति बहालीका लागि यो कदमले योगदान पुग्नेछ । त्यसअघिको स्थितिमा सीमा क्षेत्रलाई फर्काउन सबै मुलुकले आपसी सम्झौताहरुको सम्मान गर्नु जरुरी छ ।’
३ सैनिक अधिकारीलाई जन्मकैद फैसला वैशाख ५, २०७४- जिल्ला अदालत काभ्रेले बहुचर्चित मैना सुनार हत्या प्रकरणमा नेपाली सेनाका तीन अधिकारीलाई दोषी ठहर गर्दै जन्मकैद सजाय सुनाएको छ । जिल्ला न…Read More