यीनै हुन् आत्माराम थपलिया जसले सामाजिक संजाल फेसबुकमा जनजाती अर्थात मंगोल जातीहरुलाई तथानाम गाली गरेका छन् ! आखिर को हुन् ? आत्माराम यस्तो छ उनको वास्तविकता (फोटो सहित)

भिडियो सहित हेर्नुहोस !
Advertisement






नेपालमा सामाजिक संजालको दुरुपयोग गर्दै कुनै पनि अवान्छनीय क्रियाकलाप गरे साइबर क्राइमको दायरामा आउन सक्छ। सामाजिक संजाल फेसबुकमा एक जना आत्माराम थपलिया भन्ने ब्यक्तिले विभिन्न जातजाति बिरुद्द निरन्तर गालीगलौज गर्दै अपशब्द लेखेर पोष्ट गरेका छन।




धादिङ घर ठेगाना उल्लेख भएका आत्मारामले केहीदिन यता नेपालमा रहेका मङ्गोलियन मुलका जातजाती र ठकुरीहरुलाइ पटक-पटक तल्लो स्तरको गालीगलौज गर्दै आफ्नो फेसबुकमा स्टाटस लेख्दै आएका छन।

हुन त उनि आफैलाई पनि पागल भन्ने गरेका छन । आत्मारामले विभिन्न धर्मावलम्बीहरुलाइ आपत्तिजनक शब्द प्रयोग गर्दै गालीगलौज गरिरहेका छन। आफुलाइ हिन्दु धर्म मान्ने बताउने थपलियाले नेपालका बुद्ध, क्रिश्चियन लगायत अन्य धर्मावलम्बीहरुलाइ खुलमखुल्ला अपाच्य हुनेगरि गालीगरिरहेका छन। जुन शब्दहरु सुन्ने जोकोहीको पनि आङ जुर्मुराउछ ।



फेसबुकको दुरुपयोग गर्दै तथानाम गालीगर्ने आत्माराम थपलिया धादिङ घरभइ हाल बिदेशमा रहेको बुझिएको छ। उनको फेस्बुकमा भेटिएको ठेगाना अनुसार उनको घर धादिङको त्रीपुरासुन्दरी गाउँपालिका ७ रहेको छ। साथै उनले आफ्नो फेस्बुकमा बाबा आमाको नाम सहित फोटो समेत पोष्ट गरेका छन। र हाल भने उनि जर्मनीमा रहेको बताउदै आइरहेका छन । यधपी उनको जर्मनको क्रियाकलाप भने सामाजिक संजालमा केहि पनि देखिदैन ।

उनको तल्लो स्तरको आपत्तिजनक पोष्टमा धेरैले बिरोध गर्दै खरो प्रतिक्रिया जनाएका छन। बिरोध गर्नेहरुलाइ लक्षित गरि आत्मारामले भनेका छन `आफ्ना स्टाटसका कारण कसैलाई असर परेको भए अदालत वा प्रहरी कहाँ मुद्दा हाल्न भन्दै ठाडै चुनौती दिएका छन। उनि यति नैतिकहिन भैसकेका छन कि उनको हरेक पोस्ट नै अत्यन्तै अराजक र अपच्य छन ।



यसरी सामाजिक संजालमा अराजक बन्दै सामाजिक सद्भावमा असर पर्नेगरि बिखन्डन मच्चाउने तत्वहरुलाइ साइबर अपराध कानुनको दायरामा ल्याइ सम्बधित निकायले कार्बाही गर्न जरुरी छ। यसरी अमर्यादीत हर्कतले समाजिक सद्भाव भड्काउने निश्चित छ। त्यसैले जतिसक्दो चाडो कानुनि कठघरामा उभ्याउन जरुरि छ ।

हेर्नुहोस उनको फेसबुकबाट लिइएको केहि स्क्रिनसटहरु :

Related Posts: