उत्तरप्रदेशको बरेलीमा भयानक दुर्घटना, बसभित्रै जले २० यात्रु

भिडियो सहित हेर्नुहोस !
Advertisement


भारत उत्तर प्रदेशको बरेलीमा ट्रक र बस ठोक्किएर आगलागी हुँदा २० जनाको मृत्यु भएको छ । करिब १५ जना घाइते भएका छन् ।

गएराति एक बजे यूपी रोडवेजको बस ट्रकसँग ठोक्किएपछि आगो लागेको थियो । आगो यति ठूलो थियो कि बसका सबै यात्रुहरु बाहिर निस्किनसमेत पाएनन् । २० जनाको घटनास्थलमै मृत्यु भएको थियो ।

आगलागी सुरु भएको करिब २०-२५ मिनेटपछि घटनास्थलमा दमकल पुगेको थियो । आगो निभाउन्जेल बस र ट्रक पूरै जलिसकेका थिए ।

घटनाका प्रत्यक्षदर्शीका अनुसार गएराति अबेर एक बजे गोन्डा डिपोबाट एक बस दिल्लीबाट फर्किँदै थियो । बस चालकले हाइवेमा बसलाई ब्याक गर्दै थिए । बरेलीमा बस पुगेको बेला लखनउ तर्फबाट तिव्र गतिमा आइरहेको ट्रकले बसलाई ठक्कर दियो । बस र ट्रक दुबैमा आगो लाग्यो ।

२० जनाको घटनास्थलमा मृत्यु भएको र घाइतेहरु सबैको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । घटनास्थलमा उद्धारका लागि पुगेका स्थानीयबासीका अनुसार घाइतेहरुलाई उद्धार गर्न खोजे पनि बसको ढोका नखुलेकाले धेरै मानवीय क्षति भएको हो । यात्रुहरुले इमर्जेन्सी गेट खोल्न खोज्दा त्यो पनि नखुलेको प्रत्यक्षदर्शीहरुले बताएका छन् ।

Related Posts: