कैलालीका जिल्ला शिक्षा अधिकारी मानसिंह विष्टले आफ्नो कार्यकक्षमा शान्तिका लागि भन्दै ब्राम्हणद्वारा ग्रहशान्ति गराएका छन् ।

भिडियो सहित हेर्नुहोस !
Advertisement


कैलालीका जिल्ला शिक्षा अधिकारी मानसिंह विष्टले आफ्नो कार्यकक्षमा शान्तिका लागि भन्दै ब्राम्हणद्वारा ग्रहशान्ति गराएका छन् ।

गत शुक्रबार नेपाल कम्युनिष्ट पार्टी विप्लव समूहका कार्यकर्ताले भ्रष्टाचारीको आरोप लगाउँदै कालोमोसो दलेका थिए । सामाजिक रुपमा लज्जित महशुस गरेका जिशिअ बिष्टले ग्रहशान्तिका लागि आइतबार हवन गरेको बताइएको छ ।

जिल्ला शिक्षा अधिकारी विष्टसँग सम्पर्क गर्दा कार्यकक्षमै ग्रहशान्ति पूजा गरेको स्वीकारेका छन् । हरेक वर्ष गरिने नियमित पूजा कै निरन्तरता भएको पनि उनले बताए ।

जिशिअले हरेक वर्षकै निरन्तरता बताएपनि यसअघि कार्य कक्षमै हवन गरेको भने थाहा नभएको एकजना कर्मचारीले नाम उल्लेख नगर्ने सर्तमा बताए । उनले शुक्रबार कालोमोसो दलिएपछि जिशिअ विष्ट तनाव रहेको समेत बताए ।

Related Posts: