जाजरकोट, १८ वैशाख । जाजरकोटमा गएराति परेको चट्याङका कारण पाँचजना घाइते भएका छन् । जिल्लाको त्रिवेणी नलगाड नगरपालिका–८ स्थित कोल चिउरामा आइतबार बेलुका परेको चट्याङ गाउँनजिकै रहेको विद्युत्को पोलमा परेपछि विद्युत् तारमार्फत केही घरमा जडान भएका मिटरबक्स रेडियो टिभीसमेतमा क्षति पुगेको स्थानीयवासीले जनाएका छन् ।
चट्याङले कोलचिउरा गाउँका लक्षीमान कामी, हिमराज विक, सुनिता विक, डम्बरबहादुर शाही र धनरुपा विक घाइते भएका छन् । घाइतेमध्ये लक्षीमान कामीको अवस्था गम्भीर रहेको बताइएको छ । घाइतेको गाउँमै उपचार भइरहेको छ भने लक्षीमानलाई भने थप उपचारका लागि रुकुमको राडी बजारमा रहेको पोलिक्लिनिकमा लगिएको छ ।
गाउँमा सञ्चालनमा रहेको स्थानीयवासीले लघुजलविद्युत् आयोजना समितिबाट वितरित विद्युत्मा चट्याङ प्रतिरोधात्मक क्षमताको राम्रो अर्थिङ नभएकाले केही घरमा समेत क्षति पु¥याएको स्थानीयवासीले बताएका छन् । जाजरकोटका अधिकांश गाउँमा सञ्चालनमा रहेका लघुजलविद्युत् आयोजनामा अर्थिङ राम्रो नभएकाले समस्या आउने गरेको छ ।