दिनमा ब्रा र पेन्टी अनिवार्य लगाउने र राति खोल्ने बानी बसाल्नु स्वास्थ्यका लागि लाभदायक छ ।
भित्री वस्त्र खोलेर सुत्नुका केही फाइदा छन्ः रक्तसञ्चार सुचारु हुन्छ ब्रा–पेन्टी कसिलो हुने भएकाले यसले रक्तसञ्चारलाई सुचारु हुन दिँदैन, जसले दीर्घकालमा अनेक स्वास्थ्य समस्या निम्त्याउन सक्छ ।
दाग बस्दैन ब्रा र पेन्टी लगाएर सुत्दा इलास्टिकले छालामा रातो दाग लगाउँछ । पछि यस्तो दाग कालो बन्न पुग्छ । गर्भवती अथवा स्तनपान गराउने महिलाले भने सुत्दा खुकुलो ब्रा लगाउनु राम्रो मानिन्छ ।
गहिरो निद्रा पर्छ ब्रा र पेन्टी खोलेर सुत्दा गहिरो निद्रा पर्छ । किनकि, यसरी सुत्दा शरीरले खुकुलो महसुस गर्छ । यसले गर्दा श्वासप्रश्वास र रक्तसञ्चार दुवै सुचारु अवस्थामा रहन्छ र निद्रा पर्छ ।