काठमाडौं। पुरातत्व विषयका विद्यार्थीहरुले १ हजार ४ सय वर्ष पुरानो बुद्धको मूर्ति भेटाएका छन्। उनीहरुले जमिन उत्खनन् गर्दा यो मूर्ति भेट्टाएका हुन्। यो मूर्ति २० वर्ष पहिले पनि भेटिएको त्यहाँका स्थानीय किसानले दावी गरेका छन्। उनले त्यतिबेला यसलाई सामान्य ढुंगा सम्झेर वास्ता नगरेको बताए। आफूले खेतमा हलोले जोत्दा यसमा हलो अड्किएको ती किसानले बताए।
भारतको उडिसा राज्यको खुर्दा जिल्लाको गोविन्दपुर गाउँ नजिकै मूर्ति भेटिएको हो। मूर्ति भेटिएपछि विद्यार्थीहरुले अधिक जानकारीको लागि भारतीय पुरातन विभाग र राज्य संग्रहालयलाई पनि बोलाएका थिए। उत्कल विश्वविद्यालयमा विद्यार्थीहरुले उत्खनन्को क्रममा सुरुमा ३ सिर भएको नागका मूर्ति भेटे त्यसपछि बुद्धको मूर्ति भेटियो। टिमलिडर प्रोफेसर बेहराका अनुसार यहाँ यसअघि पनि एउटा यस्तै प्रतिमा भेटिएको थियो।
यसकारण गर्नु हुँदैन एउटै गोत्रमा विवाहगोत्र शब्दको अर्थ हो बंश/कुल । गोत्र प्रणालीको मुख्य उद्देश्य कुनै पनि ब्यक्तिको प्रचीनतम ब्यक्तिसँग सम्बन्ध स्थापित गर्नु हो । उदाहरणको लागि कुनै पनि…Read More
मलेसियामा यसरी ठगिँदैछन् नेपाली कामदारमलेसिया, १ असोज- क्वालालम्पुरको जलान अम्पाङस्थित नेपाली दूतावासमा हतास मुद्रामा भेटिए, रोशन भट्ट । रावाङको एक कागजे झोला बनाउने कम्पनीमा पाँच वर्षदेखि…Read More