बोतलमा साँप बोकेर एक व्यक्ति अस्पताल पुगे, भन्छन् – यसले मलाई टोक्यो

भिडियो सहित हेर्नुहोस !
Advertisement


साँप देखेपछि जसलाई पनि डर लाग्छ । अझ गोमन साँप हो भने त तर्सेर सातो जान्छ । तर भारतको मध्य प्रदेशका एक व्यक्ति गोमन साँपले डसिसकेपछि त्यसलाई प्लास्टिकको बोतलमा बन्द गरेर अस्पताल पुगेका छन् । अनि त्यहाँ गएर उनले चिकित्सकहरूलाई भने, ‘मलाई यो साँपले डस्यो ।’ यसरी साँप लिएर आउने मान्छे देखेपछि सबैजना छक्क परे । प्लास्टिकको बोतलमा पाँच फीट लामो कालो गोमन देखेपछि छक्क पर्नु स्वाभाविक पनि हो ।

आफूले गोमन समात्न लाग्दा उसले टोकिदिएको र उसलाई सँगै ल्याउँदा उपचार सहज हुन सक्ने लागेको ती व्यक्तिले बताए ।

मोरगढीको एक घरमा साँप देखिएपछि मानिसहरूले ३२ वर्षीय मोहसिनलाई साँप पक्रिनका लागि बोलाए ।

मोहसिनले साँप त पक्रिए तर त्यसलाई बोतलमा हाल्ने क्रममा उसले उनलाई टोकिदियो ।
मोहसिन तत्कालै अस्पतालतिर दौडिहाले । आफूले सयवटा साँप पक्रिसकेको र पहिला पनि सर्पदंश खेपिसकेको मोहसिन बताउँछन् ।

अस्पतालाले उनलाई तत्कालै भर्ती गरेर उपचार शुरु ग–यो । उनी अहिले खतरामुक्त छन् ।

Related Posts: