पुनर्बास-पुनर्बास नगरपालिका ९ बिचफाँटा स्थित भारतीय दुधुवा निकुञ्जका वन्यजन्तुको अतिक्रमण रोक्न सीमा क्षेत्रमा तारबार गर्न माओवादी कार्यकर्ता आज जुटेका छन् । भारतीय निकुञ्ज बाट आउने गरेका जंगली हात्तीको आतंकबाट बर्सेनि अन्नबालीको क्षेती बेहोर्दै आएका किसानलाई सघाउन सीमा क्षेत्रमा सौर्य उर्जामा आधारित बिधुतीय तारबार गर्न लागेको माओवादी कार्यकर्ताले बताएका छन् ।
माओवादी नेत्री बिना मगरको पहलमा शुक्लाफाँटा प्रकृति संरक्षण कोषबाट ५ लाख स्थानीय किसानको १ लाख ५० हजार र जनजागरण सामुदायिक बन उपभोक्ता समुहको ५० हजार गरि ७ लाखको बजेटमा सोलार प्यानल,इन्भर्टर र तार खरिद गरि माओवादी कार्यकर्ताको श्रमदानमा बिधुतिय तारबारको काम थालिएको निर्माण समितिका अध्यक्ष तुलसिह सुनारले बताए ।
स्थानीय निकायको निर्वाचनको पुर्व सन्ध्यामा माओवादी कार्यकर्ताको तारबारको कार्यमा देखिएको सक्रियताले मतदाताहरु रचनात्मक कार्यको प्रशंसा गरेका छन ।