सिन्धुली : सिन्धुलीको कमलामाई नगरपालिकाको मेयरमा नेकपा एमालेका खड्ग खत्री निर्वाचित हुनु भएको छ । खत्रीले निकट्तम प्रतिद्धन्द्धी नेपाली कांग्रेसका उपेन्द्र पोखरेललाई पछि पार्दै विजयी हुनुभएको हो ।
उहाँले ११ हजार १५२ मत ल्याई विजयी हुनु भएको हो भने पोखरेलले ८ हजार ३८८ मत प्राप्त गर्नु भएको थियो । नगरको उपमेयरमा नेकपा एमालेकै मन्जु देवकोटा विजयी हुनु भएको छ । देवकोटाले ९ हजार ९२१ मत प्राप्त गर्नु भएको थियो भने उहाँका निकट्तम प्रतिद्धन्दी नेपाली कांग्रेसकी सुशीला थिङले ९ हजार ५२३ मत प्राप्त गर्नु भएको मुख्य निर्वाचन अधिकृत पर्शुराम भट्टराईले बताउनुभयो ।
बम फाल्ने हवल्दार राना असइमा बढुवा : दाङको तुलसीपुरस्थित मतदान केन्द्रमा राखिएको बम समातेर फाल्ने साहसी प्रहरी हवल्दार दुर्गाबहादुर राना असइ (प्रहरी सहायक निरीक्षक)मा बढुवा हुनु भएको छ…Read More
बम समात्ने हबल्दार रानाको असईमा बढुवास्थानीय चुनावका क्रममा अज्ञात समूहले मतदान केन्द्रमा फालेको बम समातेर चर्चामा आएका प्रहरी हवल्दार दुर्गाबहादुर रानाको असईमा बढुवा भएको छ ।रानाको हालै …Read More