सरकारले स्थानीय तहका अधिकार खोसेर जनप्रतिनिधिलाई पंगु बनाउन लागेको भन्दै केही जनप्रतिनिधिहरुले आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् । साथै यसबारे सांसदहरुको समेत ध्यानाकर्षण गराइनुपर्ने विज्ञहरुले बताएका छन् ।
स्थानीय तहसम्बन्धी ४ वटा विधेयक संसदमा प्रस्तुत भएको सन्दर्भमा विहीबार ललितपुरमा आयोजित एक छलफलमा विज्ञ र नवनिर्वाचित जनप्रतिनिधिले दबावमूलक आन्दोलनको आवश्यकता औंल्याएका हुन् ।
कार्यक्रममा धुलिखेल नगरपालिकाका मेयर अशोक ब्यञ्जुले आक्रोश पोखे । संघीय मामिला मन्त्रालयका सचिव दिनेश थपलियाले संविधान उल्लंघन गरेर जनप्रतिनिधिलाई निर्देशन पठाइरहेको मेयर ब्यञ्जुले बताए ।
संविधान विपरीत कर्मचारीले पठाउने निर्देशन र पत्राचार अश्वीकार गर्न उनले जनप्रतिनिधिहरुलाई आह्वान गरे ।
ब्यञ्जुले भने- ‘मैले त सिडिओ र जिल्ला शिक्षा अधिकारीलाई भनिसकें, हामीलाई तिमीहरुले आदेश दिने होइन, सचिवलाई पनि संविधानको व्याख्याता नबन्नुस् भनेको छु ।’
कार्यक्रममा आक्रोशित मुद्रामा प्रस्तुत भएका मेयर ब्यञ्जुले अगाडि भने- ‘अब अति हुन थालेकाले आन्दोलन गर्नुपर्ने देखियो । यो आन्दोलन कानुनी, संवैधानिक र दबाबमूलक सबै तरिकाबाट हुन्छ ।
संविधानले केन्द्र, प्रदेश र स्थानीय सरकार गरेर तीन तहको सरकारको व्यवस्था गरेकाले स्थानीय सरकारका अधिकार कटौती गर्न खोजिए अदालत जाने चेतावनी जनप्रतिनिधिहरुले दिएका छन् ।
बजेट बनाउनेदेखि कर्मचारी नियुक्तिसम्म मन्त्रालयले हस्तक्षेप गरेको गुनासो गोरखा भीमसेन गाउँपालिकाका अध्यक्ष ईश्वर पाण्डेले गरे । उनले भने- मन्त्रालयका पत्रको खात हेर्ने हो भने अब स्थानीय तहले केही गर्न नपाउने देखियो, त्यसैले चुप नलागौं ।
सांसदलाई पनि सम्झाउनुपर्ने भोः विज्ञ
स्थानीय तह पुनसंरचना आयोगका अध्यक्षसमेत रहिसकेका विज्ञ बालानन्द पौडेलले संविधानले स्थानीय तहलाई दिएका अधिकार खोस्ने गरी विधेयक ल्याइएकाले सांसदहरुलाई पनि राम्रोसँग सम्झाउपर्ने अवस्था आएको बताए ।
पौडेलले भने- ‘अधिकार नै नभएको क्षेत्रमा व्वस्थापिका संसद प्रवेश गर्दैछ, सांसदहरुलाई राम्रोसँग सम्झाउनुपर्ने भयो । संविधानले भनेका कुरालाई कानुन मार्फत संकुचन गर्ने खेल भइरहेको छ । वास्तवमा स्थानीय तहलाई पंगु बनाउन खोजिँदैछ ।’
नेपाल सरकारका पूर्वसचिव समेत रहेका पौडेलले कर्मचारी समायोजनका नाममा अनावश्यक ढंगले स्थानीय तहलाई व्ययभार थोपर्न खोजिएको बताए । उनले स्थानीय तहलाई डम्पिङ साइट नबनाउन आग्रह गरे ।
यदि सरकारले समयमै समायोजना नगरेमा स्थानीय तहले आफ्नो काम गर्न आफैंले कर्मचारी नियुक्त गर्ने पौडेलले बताए ।
स्थानीय तहको अधिकार खोस्न सचिव र केही सहसचिवहरुले सरकारलाई गुमराहमा पारेको आरोप समेत विज्ञहरुले लगाएका छन् ।
‘वर्षौंदेखि खाईपाई आएको सुविधा जनताका प्रतिनिधि आएपछि खोसियो, त्यो प्रतिशोध अहिले कानुन बनाउने सन्दर्भमा प्रकट भएको छ’ जिविस महासंघका पूर्वअध्यक्ष कृष्णप्रसाद सापकोटाले भने ।
उडेको २५ दिन मै रातो बाकसमा फर्किए योगेशविदेश गएर धनसम्पति आर्जन गरी सुखी जीवन जिउला भनि युएइ पुगेका एक एक नेपाली युवकको निधन भएको छ। २५ दिन अगाडी मात्र युएईको अबुधावीस्थित एक सेक्युरिटी कम्…Read More
गोरुले हान्दा एक युवकको मृत्यु २५ असोज (रासस) ः कञ्चनपुरको बेलौरी नगरपालिका–२ मा आज खेत जोतिरहेको अवस्थामा गोरुले हान्दा एक युवकको मृत्यु भएको छ ।स्थानीयवासी जितबहादुर चौधरीको घरमा…Read More