गोरुले हान्दा एक युवकको मृत्यु

भिडियो सहित हेर्नुहोस !
Advertisement


२५ असोज (रासस) ः कञ्चनपुरको बेलौरी नगरपालिका–२ मा आज खेत जोतिरहेको अवस्थामा गोरुले हान्दा एक युवकको मृत्यु भएको छ ।
स्थानीयवासी जितबहादुर चौधरीको घरमा काम गर्ने मजदुर ३५ वर्षीय सोमरी खुनाको हलो जोत्ने क्रममा गोरुले हान्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
गोरुको प्रहारबाट छातीमा गम्भीर चोट लागेका खुनालाई उपचारका लागि धनगढी लैजाँदै गर्दा बाटोमा मृत्यु भएको प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर सेटीले जानकारी दिनुभयो ।

Related Posts: