आमाको पीडाले जो कसैलाई रुवाउछ – अस्पतालमा छोडेर भागे छोरा, रुँदा रुँदा आमाको यस्तो हालत

भिडियो सहित हेर्नुहोस !
Advertisement


पाकिजा (सन् १९७२) जस्तो फिल्ममा काम गरिसकेकी नायिका गीता कपूर त्यतिबेला बिक्षिप्त भइन् जब उनलाई थाहा भयो कि उनका कोरियोग्राफर छोरा राजा कपूरले उनलाई अस्पतालमा एक्लै छोडेर भागे । गत अप्रिल २१ तारिखमा कम रक्तचापका कारण राजाले गोरेगाँउ, मुम्बईस्थित नीजि अस्पताल एसआरभीको एम्बुलेन्स बोलाए र आमालाई त्यहाँ छोडेर फरार भए । एक महिनाभन्दा बढि बितिसक्यो तर राजाले उनलाई न त भेट्न नै आए न फोनमा कुरा गर्नका लागि तयार नै भए ।

जब फिल्म निर्माा रमेश तौरानी र नायक अशोक पण्डितलाई यसबारे जानकारी भयो तब उनले अस्पताल पुगेर उठेको १.५ लाख भारुको बिल भुक्तानी गरे । रिपोर्टका अनुसार गितालाई वृद्धाश्रम पठाइने सम्भावना छ ।के भन्छन् अस्पतालका डाक्टर ?

अस्पतालका चीफ इन्टेन्सिविष्ट दिपेन्द्र त्रिपाठीका अनुसार २१ अप्रिलमा राजाले फोन गरेर एम्बुलेन्स बोलाए । जब गितालाई लिएर एम्बुलेन्स अस्पताल पुग्यो तब राजालाई डिपोजिट गर्नका लागि भनियो । यसका लागि उनी एटिएमबाट पैसा निकाल्नुपर्छ भन्दै बाहिर निस्किए र त्यसपछि फर्किएनन् ।

दिपेन्द्र भन्छन्, ‘चकित पारिदिने कुरा त के छ भने जब अस्पतालको प्रशासनबाट केही मानिसहरु राजाको घर पुगे तब छिमेकीले उक्त घर तीन महिना पहिले नै भाडामा लिएको र आमालाई अस्पताल छोडेलगत्तै घर खाली गरिएको बताए ।’

गीतालाई भर्ना गर्ने बेला राजाले आफ्नो ठेगाना अन्धेरीस्थित फोर बंगला बताएका थिए, गीता आफैले पनि यसबारे पुष्टि गरेकी थिइन् ।

डा. दिपेन्द्रका अनुसार परिवारलाई खोज्नका लागि पुलिसको मद्दत पनि मागियो । कथित रुपमा गीताकी एक छोरी पनि छिन् जो एयरहोस्टेज छिन् र घरमा बुहारी पनि छिन् । अस्पतालले उनीहरुलाई पनि सम्पर्क गर्ने कोसिस गर्यो ।

पुलिस भन्छ, ‘हामी बिरामीलाई वृद्धाश्रम पठाउन सक्दैनौं’

गोरेगांव पुलिस थानामा मे २ तारिखमा उक्त घटनाबारे उजुरी गरिएको छ ।
त्यहाँका एडिशनल पुलिस इन्सपेक्टर पांडुरंग पिताका अनुसार जबसम्म कुनै बिरामीका आफन्त हुन्छन्, उनीहरुलाई वृद्धाश्रम पठाउन सकिँदैन । उनी प्रतिप्रश्न गर्छन्, ‘यो क्रममा बिरामीलाई केही भयो भने के गर्ने ?’

पुलिसका अनुसार उनीहरु गिताको छोरालाई खोजी गर्नका लागि मद्दत गर्न सक्छन् ।

पुलिसको भनाई अनुसार गिताको उनको छोरासँग टेक्स्ट मेसेजमार्फत कुरा भइरहेको छ र उनले चाँडोभन्दा चाँडो आमाको अस्पतालको बिल तिरिदिने जानकारी दिएका छन् । यता अस्पताले प्रशासनले भने यी सबै कुरा झुटो भएको बताउँदै पुसिलले यस विषयमा पूरा सहयोग नगरेको आरोप लगाएको छ ।

करिब सय फिल्ममा काम गरिसकेकी छिने गितालेः

एक रिपोर्ट अनुसार गिताले करिब सय फिल्ममा काम गरेकी छिन् । तर उनलाई ‘पाकिजा’ र ‘रजिया सुल्तान’ का लागि बढि चिनिन्छ ।

Related Posts: