चितवन, जेठ १६ – चितवनको भरतपुर महानगरपालिकामा रोकिएको मतगणना तत्काल सुरु गर्न माग गर्दै नेकपा एमाले चितवनले धर्ना दिएको छ ।माओवादी केन्द्रका मतगणना प्रतिनिधिले आइतबार राति मतपत्र च्यातेपछि रोकिएको मतगणना फेरि सुरु गर्न माग गर्दै एमाले चितवनले मतगणनास्थ भरतपुरको कवर्डहल बाहिर मंगलबार बिहानदेखि धर्ना सुरु गरेको हो । एमाले चितवनका अध्यक्ष कृष्णभक्त पोखरेल, मेयर उम्मेद्वार देवी ज्ञवाली, उपमेयर उम्मेद्वार दिव्या शर्माको नेतृत्वमा नेता तथा कार्यकर्ता धर्नामा बसेका छन् ।
रोकिएको मतगणना तत्काल सुरु गर्न माग गर्दै बिहान नारायणगढको पुलचोकबाट मतगणनास्थलसम्म एमालेले विरोध र्याली गरेको थियो । धर्ना सुरु हुनुअघि भएको सभामा एमाले चितवनका अध्यक्ष पोखरेलले मतगणना तत्काल सुरु गर्नु पर्ने र कसैले फेरि मतदान गर्ने सपना देखेको भए त्यो दिवा सपना मात्रै हुने बताउनुभयो । लोकतन्त्रको रक्षाका लागि नागरिकको मतमा खेलवाड गर्ने अधिकार कसैसँग नरहेको उहाँले बताउनुभयो ।
आफै मतपत्र च्यात्ने अनि फेरि मतदानको माग गर्नु निरंकुश शैली रहेको उहाँले भनाई छ । धर्नामा बसेका नेता तथा कार्यकर्तालाई सम्बोधन गर्न महासचिव ईश्वर पोखरेल दिउँसो चितवन आउने कार्यक्रम छ । माओवादी र कांग्रेसले फेरि मतदानको माग गर्दै आएको छ ।आइतबार राति वडा नम्बर १९ को मतगणना भइरहेका बेला माओवादीका एजेन्टले मतपत्र च्यातेपछि मतगणना रोकिएको हो । वडा नम्बर २१ को मतगणना सकिएपछि १९ र २० को गरेर ६ हजार १ सय ६२ मत गन्न बाँकी थयो ।
त्यसबेला एमालेका मेयरका उम्मेद्वार देवी ज्ञवाली माओवादी केन्द्र र कांग्रेस गठबन्धनकी रेणु दाहाल भन्दा ७ सय ८४ मतले अघि हुनुहुन्थ्यो । त्यसपछि वडा नम्बर १९ को मत गन्न सुरु गरिएको थियो ।वडा नम्बर १९ को २८ सय ६० मत खसेकोमा १८ सय ९ मत गनेर मतपरिणाम अपडेट गर्दा ज्ञवालीको ४१ हजार ६ सय ४१ र दाहालको ४० हजार ९ सय ८ मत आएको थियो । -
अफिस जाँदैनन् माओवादी नेता: माओवादी केन्द्रका अधिकांश शीर्ष नेताहरू बैठक वा औपचारिक कार्यक्रमबाहेक केन्द्रीय कार्यालय टेक्दैनन् । केन्द्रीय कार्यालय सञ्चालन र व्यवस्थापनको जिम्…Read More
रुखले बचायो यात्रुको ज्यानकाठमाण्डौबाट सिन्धुली तर्फ आईरहेको वीपी यातायातको ना १ ज ४६६१ नम्बरको बोलेरो जीप वीपी राजमार्ग स्थित कमलामाई नगरपालिका (कनपा)–२ पिपलभञ्ज्याङ्गमा दुर्घ…Read More
अफिस जाँदैनन् माओवादी नेता: माओवादी केन्द्रका अधिकांश शीर्ष नेताहरू बैठक वा औपचारिक कार्यक्रमबाहेक केन्द्रीय कार्यालय टेक्दैनन् । केन्द्रीय कार्यालय सञ्चालन र व्यवस्थापनको जिम्…Read More