प्रधानन्यायधीश सुशीला कार्की विरुद्धको महाअभियोग प्रस्ताव आजै फिर्ता हुने

भिडियो सहित हेर्नुहोस !
Advertisement


काठमाडौं। कार्यकारी सरकारमाथि हस्तक्षेप गरेको भन्दै सत्तारुढ दलले व्यवस्थापिका संसदमा दर्ता गरेको महाअभियोग प्रस्ताव अब फिर्ता हुने भएको छ । प्रमुख तीन राजनीतिक दलहरुबीच उक्त सहमति भएको हो ।

माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठका अनुसार आजको व्यवस्थापिका संसदको बैठकबाट उक्त प्रस्ताव फिर्ता हुँदैछ । निकै लामो समयदेखि सदन अबरुद्ध गर्दै आएको नेकपा एमालेले आजदेखि संसद सुचारु हुन दिने भएको छ । प्रधानन्यायधीश सुशीला कार्की विरुद्धको महाअभियोग प्रस्ताव फिर्ता लिने भएपछि एमालेले सदनको अबरोध हटाउने भएको हो ।


Related Posts: