काठमाडौं, २७ वैशाख । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले स्थानीय निर्वाचनको प्रचारका क्रममा विभिन्न जिल्लामा आफ्ना कार्यकर्तामाथि आक्रमण हुँदा प्रहरीले सुरक्षा दिन नसकेको आरोप लगाएका छन् ।
स्थानीय तहको निर्वाचनका लागि पार्टी तयार गरेको विभिन्न श्रव्यदृष्य सामग्रीलाई आज यहाँ लोकार्पण गर्दै अध्यक्ष ओलीले कानुनी राज्य पालना गर्न सरकार गम्भीर नहुनुले यस्ता कामले स्वच्छ र धाँधलीरहित निर्वाचन हुनेमा आशङ्का पैदा भएको बताए ।
निर्वाचन आयोगलाई निरीह नभई कानुनसम्मत रुपमा प्रस्तुत हुन पनि अध्यक्ष ओलीले आग्रह गरे । ‘देशलाई आतङ्कको राज र छाँयामा लान खोजिँदैछ । हिंसा, धाँधली, अनियमितता र बेथितिका काम भइरहेको छ,’ अध्यक्ष ओलीले भने– ‘हामी शान्ति र लोकतन्त्रका बाटोबाट अघि बढ्न चाहन्छौँ, यसलाई कमजोरी नठानियोस् ।’
उनले कुनै पनि झुट र असत्य सामग्रीलाई एमालेले प्रचार गरिरहनु नपर्ने बताउँदै आफूहरुले रेलको कुरा गर्दा खेलौना रेल ल्याएर तमासा देखाएको तर अहिले सबै पार्टीका घोषणापत्र र भाषणमा त्यही रेललाई अपरिहार्य आवश्यकता मानिएको उल्लेख गर्दै देशको एकता र समृद्धिका लागि एमाले आवश्यक छ भने । अध्यक्ष ओलीले घुँडा टेकेर होइन पैतालाले टेक्ने नेपाली स्वाभिमानको इतिहासलाई कायम राख्न पार्टी सक्षम भएको उल्लेख गरे ।
आज पृथ्वीबाट नजिक देखिँदै पुच्छ्रेतारापुच्छ्रेतारा (धूम्रकेतु सी-२०१५ भी २) आज पृथ्वीबाट सबैभन्दा नजिक देखिने भएको छ । बेलुकी ६ः३० बजेदेखि यसलाई नेपालबाट हेर्न सकिनेछ । सो धूम्रकेतुको पृथ्…Read More
कोमल ओलीलाई अब चाहिएन पोई !लोकदोहोरी गायिका कोमल ओलीले आफूलाई अब पोइ नचाहिने बताएकी छिन् । २०७४ सालको हरितालिका तीजलाई लक्षित गर्दै उनले ‘ओइ शिव ओइ मलाई चाहिएन पोई’ बोलको गीत रे…Read More