चुनावमा कांग्रेससँग तालमेल गर्दापनि दोलखाका कुनै पनि स्थानीय तहमा नजित्ने भएपछि माओवादी केन्द्र गुण्डागर्दीमा उत्रिएको छ । गोली र हातहतियारले सुसज्जित माओवादी जत्थाले होटलमा खाना खाइरहेका एमाले कार्यकर्ता कुलबहादुर तामाङलाई छुरा र भालाले रोपर हत्या गरेपछि उसको पराजित मानसिकता प्रकट भएको छ ।
पूर्वराज्यमन्त्री देवी खड्काको नेतृत्वमा गएको गुण्डाहरुको जमातले एमाले कार्यकर्ता कुलबहादुर तामाङलाई लखेटी लेखटी छुरा र भालाले रोपी हत्या गरेको घटनास्थल दोलखाको जुगुबाट प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतले जानकारी दिनुभएको छ ।