भरतपुर, २८ बैशाख– भरतपुर महानगरपालिकाको चुनाव प्रचारका लागि योजना बनाउन भन्दै होटल आइल्याण्डमा आयोजित कांग्रेस भेला भाँडिएको छ । माओवादी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहालकी छोरी रेणुलाई भरतपुरको मेयरमा बनाउन कांग्रेस सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री दाहालबीच सम्झौता भएपछि कांग्रेस कार्यकर्ता भड्केका हुन् ।
सभापति शेरबहादुरलाई प्रधानमन्त्री बन्ने बाटो सहज बनाउन र अहिले भरतपुरमा दाहाल पुत्री रेणुलाई मेयर बनाएर भविश्यमा प्रधानमन्त्री दाहालका लागि निर्वाचन क्षेत्र सुनिश्चित गर्न बिजातीय गठबन्धन गरिएको भन्दै कांग्रेस कार्यकर्ताले रेणुलाई मतदान गर्न नसकिने चेतावनी दिएका हुन् ।आइल्याण्ड होटलमा भएको कांग्रेस भेलामा दाहालपुत्री रेणुका विषयलाई लिएर चितवन कांग्रेसको आकस्मिक भेलामाठूलै हंगामा भयो । भेलामा दाहाल पुत्री रेणुलाई कुनै पनि हालतमा भोट हाल्न नसकिने भन्दै नाराबाजी भएपछि जिल्ला अध्यक्ष जीतनारायण श्रेष्ठको सम्बोधन नै रोकिएको थियो ।
कांग्रेस कार्यकर्ताहरुले आफ्ना आफन्त, छिमेकीलाई युद्धकालमा छानी–छानी गोली ठोक्ने पार्टीको अध्यक्षकी पुत्रीलाई कुनै पनि हालतमा मत नदिने भन्दै त्यस्तो उर्दी गर्ने नेताहरुलाई समेत नछाड्ने चेतावनी दिएका थिए । अध्यक्ष श्रेष्ठले मञ्चबाट ‘चुनावी तालमेलमा कहिलेकाही यस्तो हुन्छ’ भन्दै सम्झाउन खोजेका थिए । तर, कार्यकर्ताले भने पार्टीका केन्द्रीय सभापति प्रधानमन्त्रीको पदमा बिकेर आफ्ना कार्यकर्ताको सिद्धान्त बेचेको भन्दै नाराबाजी गरे । उनीहरुले कांग्रेसले जित्ने अवस्था हुँदा हुँदै मेयर पद माओवादीलाई जिम्मा लगाएको आरोप समेत लगाएका थिए ।
होहल्ला र विरोधका बीच सकिएको भेलापछि कांग्रेस कार्यकर्ताहरुले कसैको निर्देशन नमान्ने र रेणु दाहाललाई भोट समेत नहाल्ने बताएका थिए । ‘मेरो दाजुको छातीमा गोली ठोक्नेहरुलाई हामीले मत हाल्नुपर्ने ? यस्तो कहिल्यै हुनैसक्दैन । हामी पार्टी केन्द्रको गलत निर्णय मान्दैनौ’ भेलामा सहभागि एक कार्यकर्ताले भने ।यसअघि कांग्रेसको केन्द्रीय निर्देशनका बिषयमा जिल्ला पार्टीमा एकमत रहेको र सबैले प्रचण्डपुत्रीलाई नै मत हाल्ने प्रचार गरिएको थियो । तर, प्रधानमन्त्री दाहालकी छोरीलाई मेयरमा गरेको समर्थनका कारण चिवन कांग्रेस नै दुई खेमामा विभाजित भएको छ ।
नयाँ शक्ति आफ्नै चिह्नमा चुनाव लड्ने आश्विन २८, २०७४-एमाले र माओवादी केन्द्रसँग तालमेलमा सहभागी भएको नयाँ शक्ति पार्टी आफ्नै चुनाव चिह्न ‘आँखा’ लिएर निर्वाचनमा जाने भएको छ । नयाँ शक्ति सच…Read More
एक पुस्ताको अन्त्य आश्विन २८, २०७४-युरोपेली फुटबलले २१ औं शताब्दीमा ठूलै छलाङ मार्यो । सन् २००२ मा ब्राजिलले जितेको विश्वकप दक्षिण अमेरिकाको नवौं सफलता थियो । त्यस समय …Read More