कुलमान मेरी आमा बिरोधी हो , फाँसी देऊ सरकार त्यसलाई!चारपाटे कपाल मुडेर डाँडो कटाई देऊ उसलाई

भिडियो सहित हेर्नुहोस !
Advertisement


अँध्यारोमा सलेदो बनाउने, बाल्नेबानी परिसकेकीमेरी आमालाईत्यो निरन्तर उज्यालोत्यो ननिभ्ने बत्तीलेआँखा तिर्मिराएछत्यो कुलमानमेरी आमा बिरोधी हो ,त्यो लोकमान भएनअँध्यारो बिरोधी होफाँसी देऊ सरकार त्यसलाईअँध्यारो बिरोधी अँध्यारो कोठरीमाजाकिदेऊ उसलाई।चिनी बन्नै थालेसेल्टरमा बसेकीमेरी काकीलेसुइटर लाउन थालिछिन्बट्टारमा रहेकीमेरी माईजुलेलाईटर खोज्न छोडिन्कुलमान आयातबिरोधी होझुन्ड्याई देऊ सरकार त्यसलाईकुलमान नाङ्गो आङ्ग बिरोधी होचारपाटे कपाल मुडेर प्रभूडाँडो कटाई देऊ उसलाई।माटो बनाउनसंविधान संशोधनकसमरमा छौमाटोमा मिलाउनकानून निर्माणकोछौहटाउन कहाँ बाँकी राख्यौअँटाउन के नै छोड्यौअन्धकारमा आदत बसेकी आमाअँध्यारा विरुद्धमा लड्नेकुलमानको लागिफाँसी राखिदेऊ धारामा,फाँसी देऊ उर्जामानलाईनिष्पट नाताहरूको नियतिस्पष्ट देखिने उज्यालो दिने कुलमानकोनियत विरुद्धमृत्यू दण्ड राखिदेऊकुनै उपधारामामुक्ति देऊ कुलमानलाई।

राम कुमार सुबेदी (यो कविता सेतोपाटीबाट साभार गरिएको हो ।)



Related Posts: