भेट्न मात्र गएकी तर यौनसम्बन्ध भयो ! तनावमा छु। अब म के गरौं ?

भिडियो सहित हेर्नुहोस !
Advertisement


म २७ वर्षीया महिला हुँ । मेरो विवाह १७ वर्षको उमेरमा भएको थियो। त्यो बेला मेरा श्रीमान् वैदेशिक रोजगारीमा हुनुहुन्थ्यो। माया-प्रेम के हो थाहा थिएन। बहकाउमा आएर गाउँकै विवाहित पुरुषसँग हेलमेल भयो र माया-प्रीति बस्यो। उनीसँग शारीरिक सम्बन्ध राखेपछि मलाई गलत गरें भन्ने लाग्यो अनि त्यो घरमा बस्नु उचित लागेन।

मैले आफ्नो घर छाडें र सम्बन्ध-विच्छेद गरे। जोसँग सम्पर्क भयो, उनी विवाहित भएकाले उनको घर जानु पनि उपयुक्त लागेन। माइती जाने प्रश्न नै भएन। मैले यी सबै बेहोरा अवगत गराएर श्रीमानलाई पत्र लेखें र यथार्थ कुरा बताएँ। अहिले म काठमाडौंमा तरकारी बेचेर जीविका चलाउँदैछु।

केही समययता मेरा श्रीमान काठमाडौंमै व्यापार गरेर बसेका छन्। बेला-बेलामा उनको र मेरो भेट हुन्छ। उनले गाउँमा दोस्रो विवाह गरेका छन्। यति हुँदाहुँदै पनि उनी मसँग असल व्यवहार गर्छन्, दुःख-सुख सोध्छन् र विवाह किन नगरेको भनेर सम्झाउँछन्। एक्लै बस्नुभन्दा मेरै डेरामा मसँगै बस भनेर कर गर्छन्। एक दिन म उनलाई भेट्न मात्र गएकी थिएँ, तर हामीबीच यौनसम्बन्ध भयो।





Related Posts: