स्याङ्जामा नेकपा एमालेका कार्यकर्तामाथी संघाति आक्रमण भएको छ । नेपाली कांग्रेसका कार्यकर्ताले स्याङजा चापाकोट नगरपालिकामा नेकपा एमालेका कार्यकर्तामाथि आक्रमण गर्दा चार जना एमाले कार्यकर्ता घाइते भएका छन् ।
आइतबार साँझ उक्त नगरपालिकाको वडा–६, महमी धारापानी भन्ने ठाउँमा निर्वाचन सभा सकेर अर्को वडामा प्रचारप्रसारमा लागेपछि बाँकी रहेका स्थानीय कार्यकर्तामाथि कांग्रेसका कार्यकर्ताले आक्रमण गरेका हुन् । टनास्थलबाट दिएको जानकारी अनुसार, चापाकोट नगरपालिकाका मेयरका उम्मेद्वार शिब गिरीले बडीगार्डका रुपमा प्रयोग गरेका लालबहादुर खवास नेतृत्वको टोलीले आक्रमण गरेको थियो ।आक्रमणपछि त्यसमा संलग्न दुई कांगे्रस कार्यकर्ता पक्राउ परेका छन् भने मुख्य योजनाकार र आक्रमणको नेतृत्वकर्ता खवास भने फरार रहेका छन् ।