नेपाल आईडलमा निर्णयकहरु प्रति असन्तुष्टि नै असन्तुष्टि,सामाजिक संजाल भरि बिरोध हेर्नुहोस>>>{भिडियो सहित}

भिडियो सहित हेर्नुहोस !
Advertisement


काठमाडौ २५ बैशाख, नेपाल आईडल अडिसन राउण्डको भिडियो यु ट्युबबाट बाहिर आएपछि सामाजिक संजाल फेसबुकमा निर्णायकहरु प्रति असुन्तुष्टि र विरोधहरु बढिरहेका छन् । सन् २००२ जुन महिनाको ११ देखि अमेरीकामा सरुवात भएको अमेरीकन आईडल २००४ मा भारतमा आएर ईण्डियन आईडलको रुपमा संचालन भएको थियो । इन्डियामा भएको पहिलो आईडल अभिजित सावन्त हुन् भने तेस्रो आईडल नेपाली मुलका गायक प्रशान्त तामाङ्ग हुन् । अन्नपुर्ण टेलिभिजनले नेपालमा नेपाल आईडलको रुपमा अहिले कार्यक्रम गर्दै आईरहेको छ ।

नेपाल आईडलको पहिलो अडिसन राउण्डको भिडियो यु ट्युबबाट बाहिर आएपछि केहि राम्रो सम्भावना भएका कालाकारहरुलाई निर्णयकहरुले आउट गरेको भन्ने सामाजिक संजाल फेसबुकमा आरोप लागेको छ । संगीत सम्बन्धी ज्ञान नै नहुने सर्वसाधरणहरुले पनि सजिलै भन्छन्, कलाकारहरुको सुरुवातमा हेर्नुपर्ने गायकी हो । गायकी राम्रो छ भने, सुर-ताल, स्केल भन्ने त मिलाउदै जाने हो । तर नेपाल आईडलका निर्णयकहरु न्हु बज्राचार्य, कालीप्रसाद बास्कोटा र ईन्दिरा जोशीले मनोमानी ढंगले कलाकारहरुको छनौट गरेको आरोप सामाजिक संजाल फेसबुकमा छ । स्वयं निर्णयकहरु पनि स्टेजमा लाईभ गाउदा टाईमिङ्ग र स्केल धेरै बिगारीरहेका हुन्छन् ।

न्हु बज्राचार्य नेपाली गीत-संगीत क्षेत्रमा सन् १९९४ देखि हाल सम्म सक्रिय छन् । उनले संगीत गरेका केही गीतहरु राम्रा पनि छन् । तर नेपाल आइडलमा उनको भूमिकालाई लिएर गीत-संगीतमा स्रोताहरु केही रुष्ट बनेका छन् ।

नेपाल आईडलका अर्का निर्णायक हुन् कालीप्रसाद बास्कोटा । कालीप्रसाद बास्कोटाले पछिल्लो समयमा फ्युजन गरेका केही गीतहरुले राम्रै चर्चा पाएका थिए । दुई चार दिन मारामार चल्ने अनि ५ दिनपछि स्वाट्टै हराउने प्रकारका गीतहरु जस्तै :-ठमेल बजार, निर जहिले रिसाउने अनि साईली बोलको गीतहरुले दुई चार दिन राम्रै चर्चा पाएका थिए । तर यस प्रकारका गीतहरु सदाबहार हुदैनन् । कालीप्रसाद बास्कोटाले स्टेजमा बोलेका रुखो बोलीको पनि सामाजिक संजालमा विरोध गरिएको छ ।

निर्णयकमा रहेकी अर्को सदस्य हुन् ईन्दिरा जोशी । ईन्दिरा जोशीको उध्रेको चोली जस्ता केही गीतहरु चर्चामा रहेका थिए । नेपाल आईडलको निर्णयक समितिका सदस्यहरुका केही गीतहरु चर्चामा आएको भएपनि नेपाल आईडलको अडिसनमा उनीहरुको निर्णय विवादरहित भने छैन । निर्णयकहरु आफै घमण्डी र पक्षपाति देखिएका छन् तर तर स्वयं निर्णयकहरु नै प्रतियोगीतामा प्रतिस्पर्धा गर्न आए स्वयं आफै पनि राम्रो गाउन नसक्ने सबैलाई ऐना जस्तै छर्लगै छ ।



Related Posts: