जिग्री र पाँडेको पहलमा २ सय घरमा उज्यालो

भिडियो सहित हेर्नुहोस !
Advertisement


काठमाडौं, १६ जेठ । भद्रगोलका चर्चित पात्र जिग्री (कुमार कट्टेल) र पाँडे (अर्जुन घिमिरे)को पहलमा सप्तरीका २ सय परिवारले बिजुली बाल्न पाउने भएका छन् ।

जिग्रीपाँडे फाउण्डेसनको पहलमा सप्तरीका दृष्टिविहिन मण्डल परिवारका ३ घर निर्माणका लागि पुगेका जिग्री र पाँडेले उज्यालोका लागि विद्युत प्राधिकरणका प्रमुख कुलमान घिसिङसामु प्रस्ताव राखेर सो ठाउँमा बिजुली पुर्‍याउने काम गरेका हुन् ।सप्तरीको गम्हरिया परवाहको पट्टि टोलमा यसअघि बिजुली बत्ति नपुग्दा स्थानीय इन्टरनेटदेखि अन्य धेरै सेवा सुविधाबाट बञ्चित थिए । तर, जनकपुर सब स्टेशनबाट ट्रान्समिटर जडान र मिटर पुर्‍याउने काम भइरहेको बताइएको छ । गाँउमा विद्युत आउने भएपछि स्थानीय हर्षित बनेका छन् ।

दृष्टिविहिन मण्डल परिवारको लागि जिग्रीपाडेँ प्रतिष्ठानले बनाउँदै गरेको ३ घर निमार्णको काम अन्तिम चरणमा पुगिसकेको कलाकार कट्टेलले बताए । उनका अनुसार उक्त घर जेठ २४ गते हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ ।

घिमिरेका अनुसार ३० लाखको बजेटमा निर्माण गरिएको ३ घर भूकम्प प्रतिरोधी, बालमैत्री, अपाङ्गमैत्री हुनेछन् ।

Related Posts: