काठमाडौं : काठमाडौं महानगरपालिका वडा नम्बर २ मा एमालेको पूरै प्यानल बिजयी भएको छ । वडा नम्बर २ मा एमालेका राजेन्द्र श्रेष्ठ एक हजार ४० मत प्राप्त गरी बिजयी हुन् भएको हो। उहाका निकटतम प्रतिद्धन्द्धी नेपाली कांग्रेसका प्रमोदराज शर्मालाई पराजित गरेकाे हो ।
वडा सदस्यहरुमा पनि एमालेकै प्यानल बिजयी भएको छ । बिजय हुनेमा महिला सदस्य पूर्णलक्ष्मी रजक, दलित महिला सदस्य इश्वरी परियार र खुला सस्यहरुमा मदमकाजी महर्जन र बिमल गुरुङ रहनु भएको छ । २ नम्बर वडा लाजिम्पाट क्षेत्रमा पर्छ ।