देशको एक मात्रै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज दिउँसो आगलागी भएको छ। यद्यपी यो आगलागी विपद् नभएर आपत्कालीन सुरक्षा सम्बन्धी परीक्षणका लागि गरिएको विमानस्थलले जनाएको छ। विमानस्थल व्यवस्थापनले ‘फूल स्केल इमर्जेन्सी एक्सरसाइज’का लागि विमानस्थलमा आगजनी गरेको हो। अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ |
विमानस्थल कार्यालयमा दिउँसो ४:३० बजे आगलागी भएको हो। आगलागीको अवधिमा सबै उडान ठप्प पारिएको छ। विमानस्थले प्रत्येक दुई-दुई वर्षमा गर्दै आएको आपत्कालीन सुरुक्षा सम्बन्धी परीक्षण गरेको हो। अभ्यासको परीक्षण गर्दा आधाघन्टा पूर्ण रुपमा विमानस्थल बन्द भएको छ।
ए ३३० आकारको जहाजको डमी बनाएर आगो लगाई दमकल तथा रेस्क्यु टिमबाट उक्त जहाजमा लागेको आगो नियन्त्रणको प्रयास भएको छ भने घाइतेलाई उद्धार गरेर अस्पताल लगिएको छ।
टिप्पणी : सुस्त शैलीमै देउवा असार २१, २०७४- शेरबहादुर देउवाले चौथोपल्ट प्रधानमन्त्रीका रूपमा कार्यभार सम्हालेको बिहीबार एक महिना पुग्दैछ । तर उनले आफ्नै निजी सचिवालयसमेत बनाउन सके…Read More