ठूलो परिमाणको लागुऔषध सहित इटहरीबाट दुई भारतीय पक्राउ

भिडियो सहित हेर्नुहोस !
Advertisement


ईटहरी।सुनसरीकाे इटहरी उपमहानगरपालिका १२ बाट साेमबार दिउसाे २ बजे प्रहरी चाैकी खनारकाे प्रहरी टाेलीले भारी मात्रामा लागुअाैषध सहित दुर्इ भारतिय नागरिकलार्इ पक्राउ गरेकाे छ । पक्राउ पर्नेहरुमा भारत हाजिगञ्ज ३ का मोहम्मद राजन अन्सारी र प्रवेश यादव रहेका छन ।

उनीहरुको साथबाट नाईट्रोजन ट्याब्लेट २०० थान, डाईजो ल्याप १४८ थान, लुपिजेसिस १४८ थान र एभील १४८ थान बरामद गरिएको खनार प्रहरीलार्इ उदृढ गर्दै इलाका प्रहरी कार्यालय इटहरीले जानकारी दिएकाे छ । पक्राउ दुवैकाे बिषयमा थप अनुशन्धान सुरू गरिएकाे इलाका प्रहरी कार्यालय इटहरीले जनाएकाे छ ।