एमालेका काठमाडौं मेयर उम्मेदवार विद्यासुन्दर केपी ओलीका सालो ! -

भिडियो सहित हेर्नुहोस !
Advertisement


काठमाडौं : नेपाली राजनीतिक जताजताबाट पनि परिवारसँग जोडिएको छ । कतिपय सम्बन्धको चर्चा बढी हुन्छ त कतिपय सम्बन्ध चर्चा नपाइरहेका हुन्छन् ।

भरतपुर महानगरपालिकाको मेयर उम्मेदवार बनेकी रेणु दाहालको नाम प्रचण्डपुत्री भनेर मात्र लिइन्छ तर, काठमाडौं मेयरको रुपमा प्रतिस्पर्धामा रहेका विद्यासुन्दरतलाई कसैले ओलीको सालो विद्यासुन्दर शाक्य भन्दैनन् । यद्यपी शाक्य एमाले अध्यक्ष केपी ओलीको सालो हुन् ।

राजनीति गठबन्धन आफ्नो पार्टी र उम्मेदवारलाई जिताउन भन्दा पनि आफ्नो मान्छेलाई जिताउन हुने गरेको प्रष्ट देखिन्छ । कांग्रेस काठमाडौं मेयरका उम्मेदवार राजुराज जोशी समेत उद्योगमन्त्री नविद्रराज जोशीका भाइ हुन् । सत्तारुढ दलल कांग्रेस र माओवादीले वैशाख ३१ को चुनावमा गठबन्धन गर्दा आफ्ना मान्छे जिताउनु पर्ने ठाउँमा मात्र गरेका छन् ।

त्यसको उदाहरणको रुपमा सहजै भन्न सकिन्छ कि भरतपुर महनगरपालिकामा प्रचण्डले छोरीलाई जिताउने लक्ष्य लिए भने काठमाडौं महानगरपालिकामा उद्योगमन्त्री जोशीले भाइलाई जिताउने स्वार्थ साँधे । यदि यो असत्य भएको भए किन थोरै स्थानमा मात्र सत्तारुण दल कांग्रेस र माओवादीको सहकार्य भयो ?

विद्यासुन्दरले काठमाडौं मेयरको टिकट पाउनुमा समेत ओलीकै हात रहेको बताइएको छ । एमालेको असन्तुष्ट पक्षले समेत ओलीकै कारण विद्यासुन्दरले टिकट पाएको आरोप लगाउदै आएका छन् । अझै राजनीतिमा राम्रो भन्दा पनि हाम्रो कहिलेसम्म हावी रहने ?
केपी ओलीले आफ्नो सालेलाई जिताउनकै निम्ति काठमाडौंमा राप्रपासँग गठबन्धन गरेको समेत आरोप लागने गरेको छ ।ओएसनेपालबाट

f

Related Posts: