गस्तीमा हिडेको सेनाको गोलि लागि मृत्यु

भिडियो सहित हेर्नुहोस !
Advertisement


घोराही : दाङमा गस्तीमा हिँडेका नेपाली सेनाले बोकेको हतियारबाट स्वचालित गोली चल्दा एक जना नेपाली सेनाको मृत्यु भएको छ।

रिपुमर्दन गण घोराही दाङमा कार्यरत नेपाली सेनाका अमल्दार किशन थापाको ज्यान गएको जिल्ला प्रहरी प्रमुख धिरज प्रताप सिंहले जानकारी दिनु भयो।

सेनाको गाडीमा गढवा गाउँपालिको निर्वाचनको सुरक्षाका लागि गस्ती जाँदै गर्दा आफैँले समातेको हतियार पड्किएर छातीमा गोली लागेको र उहाँको उपचारको क्रममा मृत्यु भएको प्रमुख सिंहले जानकारी दिनु भयो।

निर्वाचन सुरक्षाको लागि सोमबार दिउँसो नेपाली सेनाको गस्ती टोली गढवा जाँदै थियो। आफैंले बोकेको हतियारबाट गोली चल्दा थापालाई गोली लागेको हो।
घाइते थापाको उपचारका लागि राप्ती उपक्षेत्रीय अस्पताल घोराहीमा ल्याइएको भए पनि उपचारको क्रमको उहाँको मृत्यु भएकोे प्रहरी प्रमुख सिंहले जानकारी दिनु भयो।

घटनाको बारेमा अनुसन्धान भइरहेको रिपुमर्दन गण घोराहीका गणपति राजन खड्काले जानकारी दिनु भयो।

सेना निर्वाचन सुरक्षाको लागि केहि दिनदेखि जिल्लाका विभिन्न स्थानमा सशस्त्र गस्ती गरिरहेका छ। सोही क्रममा सोमबार राजपुर–गढवा क्षेत्रमा पनि गस्तीका लागि सेना खटिएको थियो।

जिल्लामा सोमबार नै स्थानीय तहमा निर्वाचनको तयारीका लागि निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ।


Related Posts: