समयमै अत्याधुनिक उपचार हुन नसकेपछि गोमा एयर दुर्घटनाका को–पाइलट सिर्जन मानन्धरको मृत्यु भएको छ । काठमाडौंबाट कार्गो बोकेर लुक्ला गएको गोमा एयरको विमान शनिबार दिउँसो २ बजेतिर दुर्घटना हुँदा पाइलट पारसकुमार राईको उपचारका क्रममा मृत्यु भएको थियो । - See more at:
उनी निकै अनुभवी पाइलट थिए । तर को–पाइलट सिर्जनको लुक्लामै उपचार भए पनि थप उपचारका लागि काठमाडौं ल्याउन नसक्दा मृत्यु भएको हो ।
लुक्ला विमानस्थलमा अवतरणका क्रममा रुखमा ठोक्किएर विमान दुर्घटना भएको थियो ।
गम्भीर सिर्जनलाई हेलिकोप्टरमा काठमाडौं ल्याउन शनिबार प्रयास गरिए पनि खराव मौसमका कारण असफल भएको थियो ।
उनको शानिबार राति लुक्लामै मृत्यु भएको हो ।
विमानकी परिचारिका प्रज्ञा महर्जन घाइते भएकी छिन् । गभ्भीर उनलाई मौसममा सुधार आउनासाथ काठमाडौं ल्याउने तयारी भइरहेको छ ।
लोग्नेको हत्या आरोपमा श्रीमती पक्राउ
कोठामा थुनेर आगो लगाई श्रीमान्को हत्या गरेको अभियोगमा महानगरीय प्रहरी वृत्त थिमिले एक महिलालाई पक्राउ गरेको छ। सोमबार राति मध्यपुरथिमि नगरपालिका-६ पु…Read More