काठमाण्डौ जेष्ठ ७,काठमाण्डौ महानगरपालिकाको बिहान ८ बजे भएको पछिल्लो मतपरिणाम सार्वजनिक गरिएको छ । सो मतपरिणाम अन्तरगत नेकपा एमालेका मेयर उम्मेद्धार विद्यासुन्दर शाक्यले अहिलेसम्मकै अग्रस्थानको मेयर मानिएका छन् । उनले २३ हजार ४ सय २३ मत ल्याएको हुनाले उनी अग्रस्थानको मेयर मानिएका हुन् ।
उनका निकटतम् प्रतिद्धन्द्धीका रुपमा रहेका नेपाली कांग्रेसका मेयर उम्मेद्धार राजुराज जोशीले भने १६ हजार ४ सय ८५ मत ल्याएका छन् । त्यसैगरि कांग्रेस र एमालेलाई पच्छ्याउँदै विवेकशील रञ्जु दर्शनाले ९ हजार ३ सय २३ मत ल्याएकी छन् भने साझा पार्टीका किशोर थापाले ६ हजार ९ सय ४३ मत ल्याएका छन् । अहिलेसम्मकै सबै भन्दा कम मत ल्याउनेमा मोओबादी केन्द्रका सर्वाेत्तमदास डंगोल रहेका छन् । उनले जम्मा २ हजार ६ सय ५३ मत ल्याएका छन् ।
'म जस्तै कोही नफसुन्' भाद्र ११, २०७४- ‘सोह्र बर्ष लाग्न लागेकी थिएँ । एसएलसी परीक्षा दोस्रो श्रेणीमा उतिर्ण भएपछि थप पढाइका लागि खर्च जुटाउन नसकिने बारे बाबु–आमाबीच गनथन भै…Read More
११ भदौ, काठमाडौं । मुलुकको नम्बर एक मनी ट्रान्सफर कम्पनी आइएमइले दशैं, तिहार र छठका अबसरमा ‘आईएमई छक्का-पञ्जा’ अफर सार्वजनिक गरेको छ ।भाऽ १२ गतेदेखि म…Read More