काठमाण्डौँ । काठमाडौँ महानगरपालिका वडा नं. १५ मा एमालेको प्यानल नै विजयी भएको छ । शीर्ष नेताहरु बस्ने क्षेत्रमा अरु पार्टीले जिते पनि एमाले वरिष्ठ नेता झलनाथ खनाल बस्ने क्षेत्रमा भने एमालेको प्यानल नै विजयी भएको हो ।
चार हजार नौँ सय दुई मतसहित एमालेका ईश्वरमान डंगोल वडा अध्यक्षमा विजयी भएका छन् । कांग्रेसका वडा अध्यक्षका उम्मेदवार राजु खरेललाई पराजित गर्दै उनी विजयी भएका हुन् ।
दलित महिला सदस्य अनिता परियार, महिला सदस्य मैयाँलक्ष्मी महर्जन र खुल्ला दुई सदस्यमा पनि एमालेकै आनन्दराम गौतम र निमा ख्याम्छोलामा निर्वाचित भए ।