माओबादीले हैन एमाले कार्यकर्ताले सुरु गरेको थीयो मतपत्र च्यात्ने काम र हातपात गर्ने काम

भिडियो सहित हेर्नुहोस !
Advertisement
चितवन, १५ जेठ । भरतपुर महानगरको मतगणनास्थलमा मतपत्र च्यातिएपश्चात स्थिति तनावग्रस्त हुनुको साथै मतगणना रोकिएको छ । यस घटनामा माओबादी र एमालेबीच एक अर्कामा आरोप प्रत्यारोप गरि रहेका छन् | तिव्र प्रतिष्पर्धा भईरहेको भरतपुर महानगरको १९ नं. वडाको मतगणना अन्तिम स्थितिमा पुगेको बेला नेकपा एमालेका देवी ज्ञावलीसँग नेकपा माओवादी केन्द्रकी रेणु दाहालको मतान्तर निरन्तर घटीरहेको थियो । यसैबिच मतपत्र च्यातिएपश्चात गणनाकार्य रोकिएको छ । बदरमत र गणनाअंकमा विवाद बढ्दै गएपश्चात एमाले र माओवादी, कांग्रेसका प्रतिनिधिबिच विवाद भएको थियो । विवाद बढ्दै जाँदा गनिसकेको र गन्न बाँकी केही मतपत्रहरु च्यातिएको छ भने गणनास्थलबाट केहीलाई प्रहरीले पक्राउ समेत गरेको छ । नेपाली कांग्रेसका एक जिल्ला नेताका अनुसार गणनाभईरहेको मतको काउन्टमतमा विवाद बढेपछि एमालेका प्रतिनिधिहरुले कांग्रेस र माओवादीका प्रतिनिधिहरुलाई हातपात गर्नुका साथै मतपत्र च्यातेका थिए । माओवादी केन्द्रले भने ज्ञावलीसँग मतान्तर घटाउँदै लगेपछि एमालेले जर्वजस्ती मतपत्र च्यातेको र दोष माओवादीलाई लगाएको बताएको छ ।

Related Posts: