महेन्द्रनगर । नेकपा माओवादी केन्द्रबाट भरतपुर महानगरपालिकाकी मेयर उम्मेदवार एवं प्रधानमन्त्री प्रचण्डपुत्री रेणु दाहाललाई जिताउन माओवादीका जिल्लास्तरीय नेता भारतको हरिद्ववार प्रस्थान गरेका छन् ।
नेकपा माओवादी केन्द्र कञ्चनपुरका नेता पञ्कज रावल रेणुको जितका लागि हरिद्ववार तीर्थमा निस्किएका हुन् । यसको जानकारी उनले सामाजिक सञ्जाल फेसबुकमार्फत दिएका छन् ।
उनले लेखेका छन्– रेणु दाहाललाई जिताउन प्रार्थना गर्न हरिद्वार तीर्थ जादैछु । माओवादीले धर्म मान्दैन नभन्नु होला ।
प्रधानमन्त्री प्रचण्डको गृहजिल्ला चितवनको एकमात्र भरतपुर महानगरपालिकामा कांग्रेस माओवादी गठबन्धनबाट रेणु मेयरको उम्मेदवार छिन् । उनलाई एमालेका देवी ज्ञवालीले टक्कर दिइरहेका छन् ।
सिरहामा १४ थान हतियार प्रशासनमा बुझाइयो , लहान, २५ वैशाख । आसन्न स्थानीय तह निर्वाचनलाई मध्यनजर गरी जिल्ला प्रशासन कार्यालय, सिरहाले इजाजत प्राप्त हतियार बुझाउन आह्वान गरेअनुसार सिरहामा हालसम…Read More