जेष्ठ १, २०७४- स्थानीय तह चुनावमा हिमाली जिल्ला मनाङको चामे गाउँपालिका प्रमुखमा एमालेका लोकेन्द्रबहादुर घले बिजयी भएका छन् ।
प्रतिद्धन्द्धी कांग्रेसकी अनिता लामालाई ४१ मत अन्तरले हराउँदै एमालेका घले विजयी भएका हुन् । मतगणना आइतबार राती सकिएपनि निर्वाचन अधिकृतको कार्यालयले भने औपचारिक घोषणा गरेको छैन । घलेले २१४ मत पाए भने लामाले १७३ मत प्राप्त गरिन् ।
उपाध्यक्षमा कांग्रेसका मुनिन्दजंग गुरुङ विजयी भएका छन् । उनले १६९ मत प्राप्त गरे भने एमालेकी टिकनदेवी गुरुङले १६० मत प्राप्त गरिन् । कूल ५११ मतदाता रहेको चामे गाउँपालिकामा ३९६ मत खसेको थियो ।
३४ जिल्लामा एकसाथ मतदान सुरुकरिब २० वर्षको प्रतिक्षापछि स्थानीय तहको पहिलो चरणको निर्वाचनको मतदान बिहान ७ बजेबाट सुरु भएको छ । सिंहदरबारको अधिकारलाई गाउँगाउँमा पुर्याउने भनिएको प…Read More