ताजा खबर :- हरियो खुर्सानी खाँदा स्वाद बढ्नुका साथै यो स्वास्थ्यका लागि पनि लाभदायक हुने गर्छ । पिरो हरियो खुर्सानी स्वास्थ्य र सुन्दरता दुवैको लागि राम्रो हुने गर्छ । यो छाला देखि लिएर शरीरको रोगका प्रतिरोधक तन्त्रलाई थप सक्रिय गर्छ । दिनहुँ हरियो खुर्सानीको सेवन गर्दा शरीर तदुरुस्त हुने गर्छ । हरियो खुर्सानीमा क्याप्सियानिक नामक यौगिक रहेको हुन्छ । खुर्सानी खाँदा रगत सफा हुने र नशामा यसको फ्लो तीव्र गतिमा बढ्छ, जसले गर्दा अनुहारमा पिम्पल्सको समस्या हुँदैन । हरियो खुर्सानीमा प्रयाप्त मात्रामा भिटामिन-सी र भिटामिन-ई हुन्छ ।
यदी शरीर चिलाउने रोग लागेमा खुर्सानीलाई तेलमा जलाएर मालिश गर्दा आराम मिल्छ । हरियो खुर्सानीमा प्रयाप्त मात्रामा भिटामिन-सी र एन्टीअक्सिडेन्ट हुन्छ । एन्टीअक्सिडेन्टले हाम्रो छाला र शरीरको लागि धेरै उपयोगी मानिन्छ । खुर्सानीको सेवनले अनुहार चाँडै चाउरी पर्ने समस्याबाट छुटकारा पाउन सकिन्छ।
हरियो खुर्सानीमा भिटामिन-ई हुन्छ, जो छालाको लागि निकै फाइदायुक्त हुन्छ । हरियो खुर्सानीमा एन्टी ब्याक्टेरियल गुण हुन्छ, जसले संक्रमणलाई टाढा राख्छ । हरियो खुर्सानीको सेवनले गर्दा छालामा रोग लाग्न पाउँदैन । विशेषगरि महिलामा आइरनको कमी हुन्छ तर हरियो खुर्सानीको सेवनले यसको कमी पूरा हुने र एनीमियाको समस्या पनि हुन दिदैँन ।
सिलवालको मुद्दा हेर्दाहेर्दैमा, १९ साउन । प्रहरी महानिरीक्षक नियुक्तिको बिषयमा नेपाल प्रहरीका नायब महानिरीक्षक नवराज सिलवालले दायर गरेको रिटमाथिको सुनुवाइ आज नसकिएपछि सर्वोच्च अदालत…Read More