नेपाली पिरो, अमिलो र नुनिलो सबै मिलेका परिकार खान धेरै रुचाउँछन् । नुनविनाको परिकार नेपालीको भान्सामा पाउन मुस्किल नै हुन्छ । नुन हामो शरीरलाई आवश्यक पर्ने तत्व भए पनि धेरै सेवन गर्दा भने हानिकारक नै हुन्छ ।
स्वास्थ्य विशेषज्ञहरू नुनलाई ‘साइलेन्ट किलर’ मान्छन्, जसले शरीरमा बिस्तारै–बिस्तारै असर गरिरहेको हुन्छ । डब्लुएचओ (विश्व स्वास्थ्य संगठन)ले गरेको एक अध्ययनअनुसार एक वयस्क व्यक्तिले दिनमा पाँच ग्रामभन्दा धेरै नुन सेवन गर्नु स्वास्थ्यलाई राम्रो मानिदैन । डब्लुएचओलगायत स्वास्थ्य संस्थाहरूको अध्ययनले आवश्यकभन्दा बढी नुन सेवनले शरीरमा पार्ने विभिन्न असरबारे औँल्याएका छन् :
—आवश्यकभन्दा बढी नुन सेवनले शरीरमा सोडियमको मात्रा बढाउँछ । सोडियमको अधिक मात्राले हाई ब्लडप्रेसरको खतरा निम्त्याउँछ ।
—शरीरमा नुनको मात्रा बढी भयो भने आइरनको मात्रा कम हुन्छ । आइरन कम भएपछि शरीरमा बोसोको मात्रा बढ्छ । जसले गर्दा शरीरमा अनावश्यक मोटोपना बढ्नुका साथै विभिन्न अन्य रोग पनि देखा पर्न सक्छन् ।
—नुनले हड्डीमा क्याल्सियमको मात्रा कम गराइदिन्छ । क्याल्सियमको कमी हुँदा हाम्रो हड्डी कमजोर हुन्छ । जसले गर्दा अस्टियोपोरोसिस (हड्डी कमजोर हुने, फुल्ने र टुक्रिने) को खतरा रहन्छ ।
—शरीरमा नुनको मात्रा धेरै हुँदा दिमागमा पनि असर गर्छ । यसले तनाव उत्पन्न गराउनुका साथै दिमागी समस्या निम्त्याउन सक्छ । खानामा नुनको मात्रा धेरै राख्दा मुटुमा पनि असर गर्छ । यसले विभिन्न रोग निम्त्याउन सक्छ ।
—धेरै नुन सेवनले शरीरको क्याल्सियमलाई गलाउँछ । क्याल्सियम गलाएर मिर्गौलासम्म पु¥याउँछ । यसले मिर्गौलामा स्टोनको समस्या हुन सक्छ ।
नुन नियन्त्रण गर्न… शरीरमा नुनको मात्रा बढ्न नदिन हामीले दैनिक सेवन गर्ने खानपिनमै विशेष ख्याल गर्नुपर्छ । नुनको मात्रा धेरै हुने खानालाई नियन्त्रण गर्नुपर्छ । फास्टफुड, जंकफुडमा नुन धेरै राखिएको हुन सक्छ । चिजबल, चाउचाउलगायत विभिन्न ससमा पनि नुनको मात्रा बढी राखिएको हुन्छ । लामो समयसम्म नबिग्रियोस् भन्नका लागि यी परिकारमा धेरै नुन राखिएको हो । चिप्सलगायत प्याक स्न्याक्सहरूमा पनि नुन बढी राखिएको हुन्छ । अचारमा पनि नुनको मात्रा धेरै हुने एउटा आइटम हो ।
रोजाइमा विषयप्रधान फिल्म श्विन २८, २०७४-काजोलले प्राय: कन्टेन्ट बेस्ड फिल्मलाई प्राथमिकता दिइन् । अचेल अन्य अभिनेत्रीले पनि उनको यो शैली अनुशरण गर्न थालेका छन् । यो कुरालाई लि…Read More
एक पुस्ताको अन्त्य आश्विन २८, २०७४-युरोपेली फुटबलले २१ औं शताब्दीमा ठूलै छलाङ मार्यो । सन् २००२ मा ब्राजिलले जितेको विश्वकप दक्षिण अमेरिकाको नवौं सफलता थियो । त्यस समय …Read More
नयाँ शक्ति आफ्नै चिह्नमा चुनाव लड्ने आश्विन २८, २०७४-एमाले र माओवादी केन्द्रसँग तालमेलमा सहभागी भएको नयाँ शक्ति पार्टी आफ्नै चुनाव चिह्न ‘आँखा’ लिएर निर्वाचनमा जाने भएको छ । नयाँ शक्ति सच…Read More