कानको काम सुन्ने मात्र होइन । समुद्रशास्त्रका अनुसार कानले मानिसको भाग्य र व्यक्तित्व समेत बताउँछ । त्यसैले तपाईले आफ्नो कान ऐनामा हेरेर आफ्नो अवस्था पत्ता लगाउन सक्नुहुनेछ । यदि तपाईको कान छोटो छ भने तपाईले दुखी हुनु पर्दैन । किनकी छोटो कान भएका व्यक्ति बुद्धिमान हुन्छन् ।
त्यस्तै जो व्यक्तिका कान जन्मजात नै लामा हुन्छन् तिनीहरुले लामो जिवन जिउने समुन्द्रशास्त्र बताउँछ । जन्मजात नै लामा कान भएका व्यक्तिले जिवनमा कम संघर्ष गर्न पर्छ । कान चेप्टा भएका व्यक्तिले भने भिन्न खालका हुन्छन् । उनीहरु भोग विलासी स्वभावका हुन्छन् । कानमा लामा लामा रौँ आएका व्यक्तिहरुलाई मानिसले मन नपाराए पनि उनीहरु दिर्घायू हुने शास्त्रको दावी छ।
यस्ता व्यक्तिले आफ्नै कर्मका आधारमा राम्रो धन सम्पत्ती आर्जन गर्न सक्छन् । त्यस्तै सारै छोटा कान भएका व्यक्ति अत्यन्तै मितव्ययि हुने र धन बचाउने स्वभावका हुन्छन् । कालो र सुख्खा देखिने कान भएका व्यक्तिलाई शास्त्रले नराम्रो संकेत गरेको छ । यस्ता कान भएका व्यक्तिले जिवनमा अधिकांश समय आर्थिक अभावको सामना गर्नुपर्ने हुन्छ ।
दोस्रो चरणको स्थानीय चुनाव असार १४ गते ! दोस्रो चरणको स्थानीय चुनाव फेरि पाँच दिन सार्ने विषयमा राजनीतिक नेतृत्वबीच छलफल सुरु भएको छ।मन्त्रिपरिषद्को बुधबार बिहान बस्ने बैठकले यस विषयमा निर्णय…Read More