नयाँ शक्ति आफ्नै चिह्नमा चुनाव लड्ने

भिडियो सहित हेर्नुहोस !
Advertisement


आश्विन २८, २०७४-एमाले र माओवादी केन्द्रसँग तालमेलमा सहभागी भएको नयाँ शक्ति पार्टी आफ्नै चुनाव चिह्न ‘आँखा’ लिएर निर्वाचनमा जाने भएको छ । नयाँ शक्ति सचिवालयको शुक्रबार बसेको बैठकले गठबन्धनमा रहेका एमाले र माओवादी केन्द्र साझा चुनाव चिह्न प्रयोग गर्ने सहमतिको मर्मविपरीत गएको भन्दै मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा आफ्नै चुनाव चिह्न आँखा लिएर सहभागी हुने निर्णय गरेको हो ।
नयाँ शक्ति एमालेको सूर्य चिह्नमा चुनाव लड्ने तयारीमा थियो । माओवादी केन्द्रले गोरखाका दुवै क्षेत्र नछाड्ने अडान लिएपछि नयाँ शक्ति एक्लै चुनाव लड्ने निर्णयमा पुगेको हो । बैठकले पार्टीका संयोजक बाबुराम भट्टराईसहितका नेताहरूको निर्वाचन क्षेत्र पनि टुंगो लगाएको छ । भट्टराई गोरखा– २, कृष्णकुमार चौधरी कैलाली–३, दानबहादुर चौधरी कपिलवस्तु–१, प्रेम तामाङ रसुवा र मदन राई खोटाङबाट प्रतिनिधिसभाका लागि प्रत्यक्षतर्फका उम्मेदवार हुनेछन् ।

बैठकले गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता र समावेशितालाई अस्वीकार गर्ने राजनीतिक दल र व्यक्तिबाहेक सबैसँग संघ र प्रदेशस्तरमा चुनावी तालमेल गर्ने निर्णय गरेको छ । तालमेल भएको क्षेत्रमा बाहेक संघ र प्रदेशका सबै निर्वाचन क्षेत्रहरूमा उम्मेदवारी दिने, समानुपातिकतर्फको बन्दसूची तयार पार्न कार्यालयलाई जिम्मेवारी दिने, उम्मेदवारीको तय गर्न साथै विभिन्न पक्षसँग वार्ता र आवश्यक निर्णय गर्न पार्टीको सचिवालयलाई अधिकार दिने निर्णय गरेको

Related Posts: