फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव र नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराईले आइतबार संयुक्त विज्ञप्ति निकालेर चुनावलाई पनि आन्दोलनकै रुपमा उपयोग गर्न आह्वान गरेका हुन् ।
‘देशमा भइरहेको प्रतिक्रान्तिकारीहरुको षड्यन्त्रलाई परास्त गर्न तथा आन्दोलनबाट प्राप्त उपलब्धीहरुको रक्षा गर्दै पहिचान र अधिकार सहितको संघीयता प्राप्तिको आन्दोलनलाई थप उचाइमा पुर्याउनका लागि निर्वाचनलाई समेत आन्दोलनको रुपमा उपयोग गर्न राष्ट्रिय जनता पार्टी लगायत सबै आन्दोलनरत दलहरुलाई पनि हामी हार्दिक अनुरोध गर्दछौं,’ विज्ञप्तिमा लेखिएको छ ।
सरकारले आफ्ना राजनीतिक मागहरु सम्बोधन नगरेको भन्दै दोस्रो चरणको चुनावमा सहभागी नहुने घोषणा गरेको छ । सबै शक्तिहरु निर्वाचनमा आउने वातावरण निर्माण गर्न पनि फोरम र नयाँशक्तिले सरकारसँग माग गरेका छन् ।
उनीहरुले दोस्रो चरणको चुनावमा पनि तालमेल गर्ने सहमति गरेका छन् । पहिलो चरणको चुनावमा पनि फोरम र नयाँशक्तिले तालमेल गरेका थिए । मुद्दा मिल्ने अन्य राजनीतिक दलहरुसँग पनि तालमेल गरी निर्वाचनमा जान सकिने दुई दलका नेताहरुले बताएका छन् ।
कम्युनिस्ट एकताको राजनीतिक तहल्का प्रतिनिधिसभा र प्रदेशसभा चुनावको मुखैमा गत साता मंगलबार एमाले, माओवादी केन्द्र र नयाँ शक्ति पार्टीले चुनावी गठबन्धनका साथै एउटै कम्युनिस्ट पार्टी बनाउ…Read More
चिनियाँ राजदूतले प्रधानमन्त्री भेटिन् (अन्नपूर्ण): नेपालका लागि चिनियाँ राजदूत यु होङले शनिबार प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटेकी छन्। बालुवाटारमा भएको भेटमा राजदूत युले चिनिया…Read More
अनुहारमा दाग छ ? यी हुन् हटाउने २० तरिकादुई चम्चा जौको धूलोमा कागतीको रस मिसाई पेस्ट बनाएर दाग भएको ठाउँमा लगाउने गर्नुपर्छ ।–कागतीको रसमा ब्लिचिङ गुण हुन्छ । यसले कालो धब्बा हटाउन मद्दत गर्…Read More