एक पुस्ताको अन्त्य

भिडियो सहित हेर्नुहोस !
Advertisement
आश्विन २८, २०७४-युरोपेली फुटबलले २१ औं शताब्दीमा ठूलै छलाङ मार्‍यो । सन् २००२ मा ब्राजिलले जितेको विश्वकप दक्षिण अमेरिकाको नवौं सफलता थियो । त्यस समय युरोपले आठपटक मात्र विश्वकप जितेको थियो । पछिल्ला तीन संस्करणमा युरोपेली टोलीले उपाधि जित्दै दक्षिण अमेरिकामाथि अग्रता कायम गर्‍यो । युरोपेली फुटबल विकास हुनुमा क्लब फुटबल बलियो हुनुलाई आधार मानिन्छ । युरोपको यस सफलतामा महत्त्वपूर्ण भूमिका खेलेका केही खेलाडीले खेल जीवनबाट बिट मारेका छन् । आधुनिक युरोपेली फुटबलको स्तरोन्नतिमा योगदान दिएका यिनलाई अब खेलाडीका रूपमा मैदानमा देखिने छैन ।


Related Posts: