सोलुखुम्बुको राजनीतिमा सधै ‘भाँडभैलो’ मच्चाउँदै आएको आरोप खेपिरहेका कांग्रेसका केन्द्रीय सदस्य बलबहादुर केसीलाई शेरबहादुर देउवाको मन्त्रिमण्डलमा मन्त्री बन्ने सौभाग्य नजुर्ने संकेत देखिएको छ ।
आफ्नो राजनीति सुरक्षित बनाउन सधैँ सोलुखुम्बु जिल्लामा हस्तक्षेप गर्दै आएका केसीलाई अबसरवादी नेताका रुपमा जिल्लाका नेता तथा कार्यकर्ताहरूले आरोप लगाउने गरेका छन् । सोलुखुम्बुका देउवा निकटका नेता कार्यकर्ताले केसीलाई कुनै पनि हालतमा मन्त्री बनाउन नहुने दबाब दिँदै आएका छन् ।
शेरबहादुर देउवाको कट्टर आलोचकको पहिचान बनाएका नेता केसीलाई यसपटक रामचन्द्र पौडेल समूहले मन्त्रीका लागि आफ्नो सूचीमा राखेर सिफारिस गरेको थियो । तर, देउवाले केसीको नाम हटाउन पौडेललाई दबाब दिएका छन् । पौडेल समूहले केसी बाहेक अरु जो कोहीलाई पठाउँदा पनि हुने भन्दै देउवाले सन्देश दिइसकेका छन् ।
नेपाल विद्यार्थी संघको कार्यबाहक अध्यक्ष बनेर तेस्रो महाधिवेशन गरेका केसीलाई देउवाले सधैँ ‘कुना’मा पुर्याउने गर्दै आएका छन् । नेता केसीले देउवाको कुनै न कुनै बहानामा विरोध गर्दै आएका छन् ।
कांग्रेस विभाजन भएका बेला प्रजातान्त्रिक कांग्रेसमा रहेर देउवालाई सहयोग गरेका केसीलाई त्यहाँ पनि देउवाले असहयोग गर्दै आएका थिए । त्यसको बदला नेता केसीले कोइराला क्याम्पमा प्रवेश गरेर लिँदै आएका छन् ।
नेविसंघको दोस्रो महाधिवेशनबाट अध्यक्षमा निर्वाचित भएका देउवाले त्यति बेला अधिवेशन गर्न सकेका थिएनन् । अधिवेशन गर्न नसकेपछि केसीलाई कार्यबाहक अध्यक्ष दिएर तेस्रो महाधिवेशन गरिएको थियो । त्यसपछि देउवा नेता केसीसँग चिढिँदै आएका छन् ।
एउटै क्याबिनेटमा रहँदा केसीले नटेर्ने र पोल खोलिदिने हुन् कि भन्ने डर देउवालाई रहेका कारण केसीलाई मन्त्री बनाउन देउवाले अनिच्छा देखाएको कांग्रेसका एक नेताको भनाइ छ ।
रेल्वेको करोडौंको सम्पत्ति कबाडीमा परिणत विश्वमै लोप भइसकेको न्यारोगेज रेलको कोइला इन्जिन नेपालमा भए पनि संरक्षणको अभावमा कबाडीमा परिणत हुँदै गएको छ ।नेपालकै एक मात्र रेल सेवा जनकपुर-जयनगर ब…Read More
दुर्घटनामा मृत्यु हुनेको संख्या बढ्यो श्रावण १६, २०७४- २०७३ जेठ ३१ मा दैलेखको आठबीस नगरपालिकाको नैनालामा बस दुर्घटना हुँदा ११ जनाको मृत्यु भयो। कालीकोटको जितेकाँडाबाट महेन्द्रनगरका लागि छु…Read More
टहरामा बास, टहरामै कार्यालय श्रावण १६, २०७४- भूकम्पपछिको पुनर्निर्माणले गति लिन नसक्दा नवनिर्वाचित स्थानीय तहका पदाधिकारी टहरामा बस्न बाध्य छन्। घरमात्र होइन, उनीहरूको कार्यालय प…Read More