अमेरिकामा छानिदै नेपाली सुन्दरी

भिडियो सहित हेर्नुहोस !
Advertisement


अमेरिकाको विभिन्न राज्यमा रहेका नेपाली युवतीमा भएको प्रतिभा प्रष्फुटन गर्ने उद्देश्यसहित अमेरिकाको क्यालिफोर्निया राज्यमा ‘मिस नेपाल क्यालिफोर्निया २०१७’ आयोजना हुने भएको छ ।

अमेरिकाको सन फ्रान्सिस्कोमा रहेको चहल पहल प्रोडक्सन र एफ वन ग्रुपको संयुक्त प्रयासमा दोस्रो संस्करणको ‘मिस नेपाल क्यालिफोर्निया २०१७’ हुन लागेको हो । यसअघि सोही संस्थाले सन् २०१५मा पहिलो संस्करणको कार्यक्रम आयोजना गरिसकेको थियो ।

जुन १७ अर्थात असार ३ मा अमेरिकाको सन फ्रान्सिस्कोस्थित हिल्टन होटलमा आयोजना हुने कार्यक्रममा १० जना युवतीले उपाधिका लागि प्रतिस्पर्धा गर्दैछन् । अनलाइन आवेदन तथा अडिसन मार्फत आवेदन परेका करिब दुई दर्जन युवतीबाट अन्तिम १० को नाम तय गरिएको आयोजकले जनाएको छ ।

यसरी अन्तिम १० मा परेकी प्रतियोगीलाई पूर्व मिस नेपाल इशानी श्रेष्ठ तथा भारतकी मिस इन्टरनेसनल इशा अग्रवालले कोरियोग्राफ गर्ने आयोजकले जनाएका छ । आयोजक संस्थाका सन्तोष न्यौपानेका अनुसार कार्यक्रममा अभिनेत्री नन्दिता केसीले कार्यक्रममा नृत्य प्रस्तुत गर्दैछिन् भने नेपालका चर्चित स्ट्यान्डअप कमेडियन सन्दिप क्षेत्रीले कार्यक्रम होस्ट गर्दैछन् ।

अन्तिम प्रतिस्पर्धाका लागि सदिक्षा पोखरेल,अनुशा महर्जन, अन्जली खड्का, रोज लामा, अनिता चौंलागाइँ, रचना पोखरेल, डिप्ली फाजु, गायत्री बराल, परिशा रानाभाट र ओसिन रायमाझी छनोट भएका छन् । उनीहरुलाई कलाकार सुनिल थापा, गायिका नलिना चित्रकार, आरजे सुमित सिग्देल, राजन गिरी र नबिना बस्नेतले छनोट गरेका हुन् ।

Related Posts: