भारतीय राजदूत पुरीले नेपाली राजनीतिमा थाले ‘करामत’

भिडियो सहित हेर्नुहोस !
Advertisement


छ वटा मधेस केन्द्रित दलहरू मिलेर बनेको राष्ट्रिय जनता पार्टी नेपालले स्थानीय तहको निर्वाचन बहिष्कार गर्ने पुरानो निर्णय यथावत रहेको भन्दै सबैलाई चकित तुल्याइदिएको छ ।

निर्वाचनमा भाग लिने भनेर प्रधानमन्त्री निर्वाचनमा कांग्रेस सभापति शेरबहादुर देउवालाई मतदान गरेको राजपा नेपाल फेरि एकाएक किन निर्वाचनबाट ‘ब्याक’ भयो चारैतिर प्रश्न उठेको छ । राजपा नेपालका मागहरू सबै पूरा भए पनि निर्वाचनमा भाग लिन्छन् भन्ने कुराको कुनै ग्यारेन्टी अब रहेन ।

कांग्रेस सभापति एवम् प्रधानमन्त्री देउवाले निर्वाचनपछि संविधान संशोधन गर्ने र त्यसमा प्रमुख विपक्षी दल एमालेले पनि सहयोग गर्ने आश्वासन आफूले पाएको अभिव्यक्ति संसदमा भनी सकेका छन् । यस्तो अवस्थामा राजपा नेपालले आफ्नो हठलाई किन यथावत राखेको छ भनेर धेरैको मनमा आशंका उब्जिनु स्वभाविक हो ।

राजपा नेपालका नेताहरूले केही समय अगाडि नेपालका लागि भारतीय राजदूत मञ्जिभसिंह पुरीलाई लैनचौरस्थित दूतावासभित्रै गएर सामूहिक रुपमा भेट गरे । त्यति मात्रै होइन, राजपा नेपालका नेताहरूले राजदूत पुरीलाई एक्लाएक्लै भेटेर राजनीतिक सल्लाह लिने गरेको स्रोतको भनाइ छ । राजपा नेपालका नेताहरू आफ्नो निर्णयले भन्दा पनि भारतीय राजदूत पुरीको सल्लाहमा हिँडेका कारण पार्टीलाई नोक्सान भएको सोही दलका दोस्रो तहका नेताहरूको भनाइ छ ।

नेपालमा संविधान कार्यान्वयन भएको हेर्न पटक्कै नरुचाउने भारतीय पक्षले तराईमा स्थानीय तहको दोस्रो चरणको चुनाव कुनै पनि हालतमा हुन नदिने योजनामा रहेको राजपाका एक नेताले बताए । नाम उल्लेख नगर्ने सर्तमा ती नेताले भने, ‘नेपालमा बनेको नयाँ संविधानबाट भारतीय पक्ष खुसी छैन । स्थानीय तहमा गएको अधिकारबाट पनि भारत खुसी छैन । जनतालाई अधिकार दिँदा नेतृत्वलाई जनताले नटेर्ने र भारतीय पक्षको चाहनाअनुसार काम गर्न सकिँदैन भन्ने बुझाइ छ । सोही कारण संविधान विफल बनाउन र चुनाव हुन नदिन राजपा नेपाललाई भारतीय पक्षले प्रयोग गरिरहेको छ । हेर्नु होला राजपालाई उचालेर भारतले कुनै पनि हालतमा असार १४ गते स्थानीय तहको चुनाव गर्न दिँदैन । भारतीय राजदूत मञ्जिभसिंह पुरी सक्रिय रुपमा लागि सकेका छन् ।’

राजपा नेपाललाई भारतीय राजदूत पुरीले पनि अघिल्ला राजदूत रञ्जीत रेले जस्तै प्रयोग गर्न थालेको आरोप लाग्न थालेको छ । नेपालमा राजदूत भएर भरखरै आएका पुरीले मधेस केन्द्रित दलका शीर्ष नेताहरूलाई मात्रै बोलाएर भेट्नुले पनि आशंका गर्ने प्रसस्त ठाउँ राखिदिएको स्रोतको भनाइ छ ।

नेपालको आन्तरिक मामिलामा भारतीय राजदूत पुरीले खुला रुपमा हस्तक्षेप गर्न थालेको आरोपहरू दिन प्रतिदिन बढ्न थालेको छ । पुरीको गतिविधिलाई पुष्टि हुने गरेर राजपा नेपालले आफ्ना काम गर्दा झन् आशंका बढ्को हो ।

राजदूत पुरीले राजनीतिक दलका नेताहरू विशेष गरेर मधस केन्द्रित दलका नेतासँगको दैनिक भेटवार्ता र सम्वादले गर्दा नचाहँदा नचाहँदै पनि उनी विवादमा तानिन पुगेका छन् । उनले मधेस केन्द्रित मात्रै होइन कांग्रेस, एमाले, माओवादी केन्द्रका नेताहरूसँग पनि बेलाबेला भेटवार्ता गरेर विभिन्न विषयमा परामर्श गर्ने गरेको स्रोतको भनाइ छ ।

Related Posts: