काठमाडौं । ओमबिक्रम राणा, हेमबहादुर गुरूङ र रमेश चन्द ठकुरी सर्वोच्च अदालतबाट दुई वर्ष कैद सुनाइएका दोषी हुन् । वैशाख १७ मा भ्रष्ट प्रमाणित गर्दै अदालतबाट भएको फैसला कार्यान्वयनमा आएको भए उनीहरू एक महिना कैद कटिसक्थ्यो । तर उनीहरू जेलमा होइन, अझै स्वतन्त्र छन् ।
सुडानमा शान्ति स्थापनार्थ खटिएका आफ्नो संगठनका सदस्यलाई बन्दोबस्तीको सामान खरिदमा भ्रष्टाचार गरेको प्रमाणित गर्दै सर्वोच्च अदालतले उनीहरूलाई एक महिना अगाडि दोषी प्रमाणित गरेको थियो । यी फरार हुन् भन्नेबारे प्रहरी निकाय जानकार छ तर पक्राउ गर्न चासो दिएको छैन । यी तीन फरार पक्राउ नपर्नुको कारण हो उनीहरूको ‘हाइ प्रोफाइल’ पृष्ठभूमि ।
यी तीनै जना नेपाल प्रहरीका पूर्व महानीरिक्षक हुन् । उनीहरूको त्यही पृष्ठभूमिकै कारण काठमाडौं उपत्यकाभित्रैको आफ्नै घरमा हुँदासमेत समातिएर जेल पुगेका छैनन् ।
प्रशासनिक पहुँचको भरमा लागू औषध मुद्दामा १९ वर्षदेखि उन्मुक्ति पाउँदै आएको अर्को रोचक घटनासमेत भेटिएको छ । मुद्दा हो २०५५ को, अनि व्यक्ति हुन् मशकुर अहमद लारी । १९९७ मा जर्मनीको फ्र्यांकफर्ट विमानस्थलमा फेला परेको २ सय ५० किलो चरेशको मुद्दामा उनी तानिएपछि २०६८ मा काठमाडौं जिल्ला अदालतले पक्राउ आदेश जारी गरेको थियो । तर उनी हालसम्म पक्राउ परेका छैनन् । पक्राउ नपर्नुको कारण हो उनको पहुँच । उनी बानेश्वरमा रहेको एभरेष्ट होटलका सञ्चालक हुन् ।
किस्ट बैंकका तत्कालिन प्रवन्ध संचालक कमल ज्ञवाली र उनकी श्रीमती गौरी खनाल पहुँचका आधारमा उन्मुक्ति पाउने अर्का पात्र हुन् । यी दुबै बैंकिङ कसुरका दोषी हुन् । यी दुबै विरुद्ध ३ वर्ष कैद र १२ करोड जरिवानाको फैसला आइसके पनि पक्राउ भने परेका छैनन् ।
यस्तै अदालतबाट जन्मकैदको सजाय पाए पनि राजनीतिक संरक्षणको आडमा बालकृष्ण ढुंगेलले अदालत र प्रशासनलाई घुमाउँदै आएका छन् । उनीविरुद्ध २०६६ मा उज्ज्न श्रेष्ठको हत्याको अभियोग पुष्टि भएको थियो ।
तिहारमा भाइमसला किन्दा होसियारी अपनाऔँ - तिहार आउँदै छ । अब धेरै समय बाँकी छैन । हिन्दूहरूको दोस्रो ठूलो पर्व भएकाले पनि तिहारमा नेपालीहरू खुलेरै रमाइलो गर्छन् । खानपानमा होसियारी अपनाउँदैनन…Read More
रक्षात्मक मोउरिन्होले अंक खोसे आश्विन २९, २०७४-पोर्चुगिज प्रशिक्षक जोसे मोउरिन्होले प्रिमियर लिगको शीर्षस्थानमा कायम रहने लक्ष्य नकार्दै रक्षात्मक खेल खेलेपछि शनिबार लिभरपुल र म्यान…Read More