तिहार आउँदै छ । अब धेरै समय बाँकी छैन । हिन्दूहरूको दोस्रो ठूलो पर्व भएकाले पनि तिहारमा नेपालीहरू खुलेरै रमाइलो गर्छन् । खानपानमा होसियारी अपनाउँदैनन् । चिल्लो–पिरो खानेकुराको अत्यधिक सेवन, कार्बाइड प्रयोग गरिएका फलफूलको सेवन गर्नुका साथै विभिन्न रङ प्रयोग गरिएका मिठाई खाँदा स्वास्थ्यमा धेरै असर गर्छ । यति मात्रै होइन, यो समयमा रङमिश्रित वा दूषित घिउ, तेलको प्रयोग गरिएको पनि पाइन्छ । व्यवस्थित खानपानमा त्यति ध्यान दिँदैनन्, नेपालीहरू । र, बिरामी हुन बाध्य हुन्छन् ।मानिसमा अपच, अमिलो डकार आउने ।
पेट ढुस्स फुल्ने । आउँ, पखाला, रिंगटा लाग्ने । आखा पोल्ने, बिझाउने, रातो हुने । बान्ता हुने, खानामा अरुचि हुने, चिडचिडाहट हुने । ज्रो, हैजा, कमलपित्त, ग्यास्ट्रिक, आमाशय र आन्द्राको घाउ (अल्सर) हुने । उच्च रक्तचाप, मुटुसम्बन्धी, मिर्गौलासम्बन्धी, कलेजोसम्बन्धी, मधुमेह इत्यादिको खतरा बढ्ने । चिल्लो–पिरोको असर पेटको माथिल्लो मुख (ढकन) खुली पेट पोल्ने । अम्लपित्त, अल्सर उत्पन्न हुने । उच्च रक्तचाप, हृदयाघातजस्ता रोग लाग्ने । क्यान्सर वृद्धिमा सघाउने । कार्बाइड प्रयोग गरिएका फलफूल खाएमा मुखमा घाउ आउँछ । वाकवाकी तथा बान्ता हुन्छ । पखाला लाग्ने, ग्यास्ट्रिक पेटसम्बन्धी गम्भीर समस्या उत्पन्न हुन्छ । फुड प्वाइजनिङसमेत हुन्छ । स्फोरस, आर्सेनिक र क्याल्सियम कार्बाइडको प्रयोगले क्यान्सरसमेत हुन सक्छ । फोक्सोमा, स्नायु प्रणाली र शरीरको प्रतिरक्षा प्रणाली कमजोर बनाउ“छ । मिठाई खाँदा किन होसियारी ? मिठाईको खुवामा आरारोट, उसिनेको आलु र सुजी मिसाउनाले पेट दुख्ने, पखाला लाग्ने हुन्छ । अच हुने, बान्ता आउने, हैजा लाग्ने सम्भावना । मिठाईलाई सड्नबाट जोगाउन प्रयोग गरिने प्रिजवैटिभले जिब्रोमा स–साना खटिरा, पेट पोल्ने, मुखमा अमिलो पानी आउने । सास गनाउने, दाँत सड्ने । रङमिश्रित वा दूषित घिउ, तेलको असर क्तकोषिकाहरू विषाक्त भई शरीरमा रगत कम हुने । रोगसँग लड्ने क्षमता घट्ने । भित्री कोमल अंगहरू कलेजो, मुटु, मिर्गौला, कमजोर हुनुका साथै क्यान्सर हुने सम्भावना बढ्नु । बाझोपन, आँखा, कान कमजोर हुन सक्ने । सन्तान लुला, लंगडा एवं अपांग र ट्युमर, क्यान्सर हुन सक्ने । पुरुषको बीजकोष मार्दै लिंग सानो हुँदै जाने तथा पुरुषत्व नाश हुने । मिर्गौला तथा कलेजोमा घाउ हुने र छालामा दीर्घरोग देखिन सक्ने । प्लस टिप्स मिठाई किन्दा गुणस्तरको ग्यारेन्टी गर्ने पसलबाट मात्रै किन्नुस् । बजारबाट तयारी सामग्री नकिन्नुहोस् । यदि किन्नैपरेमा खाद्य रङ राखी बनाइएका मिठाईभन्दा अखाद्य रङ प्रयोग गरेका मिठाई किन्नुस् । खाद्य पदार्थलाई प्लास्टिकले बेरेर र भ्याकुम बनाएर फ्रिजमा राख्न हुन्न । प्लास्टिकले बेरेर वा ¥यापिङ गरेका सामान एक–दुई दिनमा प्लास्टिकले अखाद्य बनाउँछ । विभिन्न रङ प्रयोग नगरिएका मिठाई खाने गर्नुस् ।