डा. केसीको आमरण अनशनको १० औं दिन शनिबार पनि सरकारसँग वार्ता भएन । यो उनको १३ औं

भिडियो सहित हेर्नुहोस !
Advertisement


आश्विन २९, २०७४-प्रा. डा. गोविन्द केसीको समर्थनमा शनिबार राजधानीमा नागरिक खबरदारी र्‍याली निकालिएको छ । माइतीघर मण्डलाबाट सुरु भएको र्‍याली नयाँ बानेश्वर पुगेर सभामा परिणत भएको थियो । सोलिडारिटी फर डा. गोविन्द केसी अलायन्सले र्‍याली आयोजना गरेको हो ।
यसैबीच, डा. केसीको आमरण अनशनको १० औं दिन शनिबार पनि सरकारसँग वार्ता भएन । यो उनको १३ औं अनशन हो । सरकारद्वारा गठित वार्ता समितिले शुक्रबार केसीका प्रतिनिधिसँग मागबारे छलफल गरेको थियो । ‘आज (शनिबार) वार्ता भएन,’ केसीका प्रतिनिधि डा.अभिषेकराज सिंहले भने । उनका अनुसार आइतबार वार्ता हुने सम्भावना छ ।

Related Posts: