नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमाले र नयाँ शक्तिसँग एकताको प्रस्तावमा विदेशी शक्तिको धम्की आएको बताएका छन् ।
माओवादी केन्द्रका नेताहरुलाई शनिवार काठमाडौमा प्रशिक्षण दिने क्रममा प्रचण्ड एमालेसँग चुनावी तालमेल र पार्टी एकताको प्रस्ताव अगाडि बढाएपछि आफू माथि दबाब र धम्की आएको बताएका हुन । तर प्रचण्डले कुन विदेशी शक्तिबाट उनी माथि दबाब र धम्की आएको भनेर भने खुलाएनन ।
असोज १५ गते बसेको केन्द्रीय सचिवालयको बैठकमा एमालेसँग चुनावी तालमेल र पार्टी एकीकरण गर्ने प्रस्ताव पेश गर्ने क्रममा पनि भारतीय अधिकारीहरुबाट धम्की आएको प्रचण्डले बताएका थिए । तर शनिवारको प्रशिक्षणमा भने प्रचण्डले भारतीय अधिकारीहरुको नाम उच्चारष्ट्रिय सभागृहमा भएको प्रशिक्षण कार्यक्रममा प्रचण्डले भने ‘सबै खालका चुनौतीहरु छन बाहय तनाव,धम्की र चुनौतीहरु छन् । तर कहाँबाट कस्तो कस्तो धम्की आयो,त्यो चाहि अहिले म भन्दिन । ती सबै चुनौतीहरुलाई पार गरेर अगाडि बढिएको हो । समाजवादी क्रान्तिको यात्रामा अगाडि बढन नयाँ जोखिम मोलिएको हो’ प्रचण्डले भने ।
एमालेले ल्याएको चुनावी तालमेलको प्रस्तावमा आफूले नै पार्टी एकताको प्रस्ताव राखेको प्रचण्डले बताए । ‘पार्टी एकताको प्रस्ताव टुंग्याएर चुनावी तालमेल गरिएको हो’ प्रचण्डको भनाई उघृत गर्दै पोलिटव्यूरो सदस्यले भने ‘हामी र एमाले दुवै रुपान्तरित हुने हो,न एमाले माओवादीमा बिलिन हुने हो न माओवादी एमालेमा बिलिन हुने हो ।’ण नै नगरी बाह्य शक्ति उल्लेख गरेका थिए ।