आश्विन २९, २०७४-पोर्चुगिज प्रशिक्षक जोसे मोउरिन्होले प्रिमियर लिगको शीर्षस्थानमा कायम रहने लक्ष्य नकार्दै रक्षात्मक खेल खेलेपछि शनिबार लिभरपुल र म्यानचेस्टर युनाइटेडबीचको खेल गोलरहित बराबरीमा टुंगिएको छ । एनफिल्डमा भएको खेलमा पाहुना टोली म्यानचेस्टर युनाइटेडको एकमात्र प्रहार टार्गेटमा थियो । रक्षात्मक रणनीतिका लागि प्रख्यात रहेको मोउरिन्होको टोलीले यस बराबरीसँगै लिभरपुलसँग ७ अंकको दूरी कायम राख्यो ।
युनाइटेडका गोलरक्षक डेविड डी जियाले उत्कृष्ट प्रदर्शन गरेपछि लिभरपुलले खेलमा अग्रता लिन सकेन । सुरुआती १५ मिनेटमा जिओर्जिनियो वाइनाल्डुमको दुई प्रहार विफल पारेका डी जियाले खेल अवधिभर उच्च प्रदर्शन जारी राखेपछि लिभरपुल गोलरहित बराबरीमा चित्त बुझाउन बाध्य रह्यो । योर्गेन क्लोपको लिभरपुलले पछिल्ला ८ खेलमध्ये एक खेलमात्र जित पाएको छ । दुई टोलीबीच यो लगातार दोस्रो गोलरहित बराबरी खेल हो ।
बम विस्फोटमा परी एक परिवारका सातको मृत्युहेरात (अफगानिस्तान), २७ वैशाख । अफगानिस्तानको पश्चिमी प्रान्त हेरातमा मङ्गलबार सडककिनारमा रहेको एक बम विस्फोट हँुदा कम्तीमा सात व्यक्तिको मृत्यु भएको …Read More